साउथ अष्ट्रेलियामा फैलदै नेपाली कला-संस्कृति

उभौंली पर्व, वुद्द जयन्ति र भानु जयन्ति मनाइदैं

१२ मे २०१७, एडिलेड- बसोबासको हिसाबले निकै थोरै नेपालीहरु रहेको साउथ अष्ट्रेलिया नेपाली कला, संस्कृति, संगीत एवं साहित्यको संरक्षण एवं प्रवर्दनमा भने निकै आगाडि रहेको छ । नेपालका प्राय ठुला चाडपर्वहरु मनाउनबाट शुरु गरिएको अभियानमा हाल आएर जातिय चाडपर्वहरु मनाउनमा पनि साउथ अष्ट्रेलिया निकै अगाडि बढिरहेको छ । साउथ अष्ट्रेलियामा गरेक महिनाजसो नियमित रुपमा नै नेपाली कला-संस्कृतिसँग सम्बन्धित कार्यक्रमहरु हुने गरेका छन् । अप्रिलमा नेपाली नयां बर्षको उपलक्षमा इनास साउथ अष्ट्रेलियाले “नयां वर्ष सांगितिक साँझ” कार्यक्रमको आयोजना गर्यो भने मे मा किराँत सोसाइटि अफ साउथ अष्ट्रेलियाले “उभौंली” र  तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलियाले “२५६१ औं वुद्द जयन्ति” को अवशरमा कार्यक्रम गर्दैछ । जुलाईमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आदिकबि भानुभक्त आचार्यको जन्मदिनको अवशरमा विशेष कबिता बाचन कार्यक्रम गर्ने र उक्त कार्यक्रममा संकलित कबिताहरु इनासको स्मारिका पुस्तकमा समेटिने बताइएको छ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया/साउथ अष्ट्रेलिया

नेपाली कला, संस्कृति, संगीत एवं साहित्यको संरक्षण एवं प्रवर्दनका लागी अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को साउथ अष्ट्रेलिया राज्य समिति अष्ट्रेलियामा रहेको छ । इनासले नेपाली ठुला चाडपर्वहरु दशैं, तिहार, नेपाली नयां वर्ष र भानु जयन्तिको अवशरमा कार्यक्रमहरु आयोजना गरेर साउथ अष्ट्रेलियालाई नेपालमय बनाउने गरेको छ । दसैंमा सांस्कृतिक कार्यक्रममात्र हुने गरेकोमा  पछिल्लो समयमा इनासले दुर्गा पुजा र लिङ्गे पिङ्गलाईपनि विशेष महत्वका दिंदै दशैं पर्व मनाउन थालेको छ । यसैगरी तिहारमा नेपाली सांस्कृतिक देउसीभैलोको कार्यक्रमको पनि थालनि गरिसकेको छ । यसका साथै इनासले नेपाली साहित्यका आदकवि भानुभक्त आचार्यको जन्मजयन्तिमा पनि विशेष कार्यक्रमसहित काबिताबाचनको कार्यक्रम गर्दै आइरहेको छ ।

एडिलेड नेपाली समाज

सामुहिक नेपाली कार्यक्रमहरुको अगुवाई र आयोजना गर्ने गरेको एडिलेड नेपाली समाजले अष्ट्रेलिया डे परेडमा नेपाली समुदायको अगुवाई, तीज, देउसी भैलो लगायतको कार्यक्रमहरु गर्दै आइरहेकोमा यसैवर्षदेखी “अभिभावक बनभोज” कार्यक्रमको आयोजना शुरुवात गरेको छ भने उक्त अभिभावक पिकनिक कार्यक्रमलाई कमसेकम बार्षिक रुपमा आयोजना गर्ने समाजको उदेश्य रहेको बताईएको छ ।

गुठी अष्ट्रेलिया/साउथ अष्ट्रेलिया

गुठी अष्ट्रेलियाले अष्ट्रेलियामा नेवारी भाषा, संस्कृति, नृत्य, संगीत, खाना आगिको सम्वर्दन र प्रवर्दनका कार्यहरु गर्ने गरेको छ ।

किरात सोसाइटि अफ साउथ अष्ट्रेलिया

किराती संस्कृतिको संरक्षण र प्रवर्दन गर्नका लागी साउथ अष्ट्रेलियामा किरात सोसाइटि अफ साउथ अष्ट्रेलिया रहेको छ । किरात सोसाइटिले किरात संस्कृतिसँग सम्बन्धित उदौली, उभौंली लगायतका पर्वहरु साउथ अष्ट्रेलियामा पस्कने गरेको छ ।

तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलिया

तामाङ्ग संस्कृतिको संरक्षण र प्रवर्दन गर्नका लागी साउथ अष्ट्रेलियामा तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलिया रहेको छ । तामाङ्ग सोसाइटिले तामाङ्ग संस्कृतिसँग सम्बन्धित पर्वहरु जस्तै लोसार, बुद्द जयन्ति लगायतका पर्बहरु साउथ अष्ट्रेलियामा आयोजना गर्ने गरेको छ ।

एकै महिनामा दुई पर्व

सन २०१७ को मे महिनामा किराँत सोसाइटि अफ साउथ अष्ट्रेलियाले “उभौंली” र  तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलियाले “२५६१ औं वुद्द जयन्ति” मनाउने कार्यक्रम छ । मे २१ मा किराँत सोसाइटि अफ साउथ अष्ट्रेलियाले “उभौंली” आयोजना गर्दैछ भने मे २२ मा तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलियाले “२५६१ औं वुद्द जयन्ति” मनाउने कार्यक्रम छ ।

खम्बु किरातहरुको मुख्य पर्व साकेला अन्तर्गतको “उभौंली” पर्वमा बैशाख शुक्ल पुर्णिमाको दिन मनाइन्छ । यस पर्वमा राम्रो उब्जनि तथा प्राकृतिक प्रकोपबाट बचाउनका लागी प्रकृतिको पुजा गर्ने गरिन्छ । साकेला पर्वलाई “चण्डि नाच मुरत” पनि भनिन्छ जस्मा शक्तिकि देवी चन्डि अर्थात दुर्गाको पुजा गरिन्छ । यसपालीको “उभौंली” २१ मे मा Princes Elizabeth Playground, South Terrace मा बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मनाउने तय भएको छ ।

यसैगरी मे २२ मा तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलियाले “२५६१ औं वुद्द जयन्ति” मनाउने कार्यक्रम छ । शान्तिका अग्रदुत भगवान गौतम बुद्दको २५७९ औं जन्मजयन्तिको अवशरमा तामाङ सोसाइटि अफ साउथ अष्ट्रेलियाले Taste of Himalayas रेष्टुरेन्ट Brighton मा बिहान ९ बजेदेखी अपह्रान्न १ बजेसम्म मनाउने भएको छ । उक्त अवशरमा नेपालबाट आएका गुरुले पुजा आजा गर्नेछन र भेटघाट र शुभकामना आदानप्रदान गर्दै बुद्द जयन्ति मनाइने कार्यक्रम रहेको छ ।  तामाङ्ग सोसाइटि अफ साउथ अष्ट्रेलियाका छेदा लामाका अनुसार पुजाका लागी गुरु अष्ट्रेलिया आइसकेका छन् । लामाका अनुसार १० मे मा मेलवर्नमा कार्यक्रम भइसकेको छ भने १३ मे मा सिड्नीमा र २२ मे मा एडिलेडमा  कार्यक्रमहरु हुनेछन ।

Leave a Reply