दिपक क्षेत्रीका लागी अष्ट्रेलियामा संकलित रकम हस्तान्तरण
८ मे २०१७, सिड्नी- घाँटिको रोगले ग्रस्त नेपाली अभिनेता दिपक क्षेत्रीका लागी अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाले संकलन गरेको अष्ट्रेलियन डलर ३,२७९ शनिवार साँगीतिक भ्रमणमा रहेका गायक दाजुभाइ सत्य र स्वरुप राज आचार्यलाई हस्तान्तरण गरिएको छ । गायक दाजुभाइले उक्त रकम भिनेता दिपक क्षेत्रीको घरमै गएर हस्तानतरण गर्ने कार्यक्रम रहेको छ । रकम इनास सिड्नीले सिड्नीमा गरेको “सत्य-स्वरुप साँझ” का क्रममा हस्तान्तरण गरिएको हो ।
अष्ट्रेलियन डलर ३,२७९ को चेक इनास अष्ट्रेलियाका अध्यक्ष इश्वर पोखरेल, इनास सिड्नीका कोषाध्यक्ष समिर आचार्य तथा इनास सिड्नीका अध्यक्ष मनोज अधिकारीले संयुक्त रुपमा सत्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरे । अभिनेता दिपक क्षेत्रीको आंशुसहितको सहयोग याचना सामाजीक संजालहरुमा आएपछि अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाले चार दिनका लागी अष्ट्रेलियाभरबाट सहयोग संकलन गरेको थियो ।
Leave a Reply