मेलवर्नमा पनि भब्य बन्यो ‘सत्य-स्वरुप साँझ’, आज ब्रिसवेनमा

३० अप्रिल २०१७, मेलवर्न- इनास अष्ट्रेलियाको साँगितिक टुरअन्तरगत अष्ट्रेलिया भ्रमणमा रहेका सत्य र स्वरुप राज आचार्यको साँगितिक प्रस्तुति “सत्य-स्वरुप साँझ” मेलवर्नमा पनि भब्यरुपमा सम्पन्न भएको छ । सेभेन ईपिकको आयोजनामा मेलबर्नमा शुक्रबार साँझ सत्य स्वरुप साँझ सम्पन्न भइसकेको छ ।

एकल प्रस्तुतिहरुमार्फत स्टेज प्रवेस गरेका गायक दाजुभाइले विस्तारै डान्सिङ्ग नम्बरहरु शुरु गरेपछि नाच्नै नजानेका दर्शकहरुपनि नाच्न प्रयासरत देखिन्थे । उनिहरुले प्रस्तुत गरेको बाबु भक्तराज आचार्यका गीतहरुले सबैलाई मन्त्रमुग्ध बनाएको थियो । प्रस्तुतिहरुमाझ दर्शकले सत्यराजका बारेमा एक नया कुरापनि थाहा पाएका थिए, जुन उनको कमेडि थियो । सत्य राज एक राम्रा गायकका साथै कमेडियनपनि हुन ।

१५ अप्रिलमा डार्विनमा प्रस्तुति दिएका गायक दाजुभाइले २२ अप्रिलमा एडिलेड र २८ अप्रिलमा मेलवर्नमा प्रस्तुति दिएका थिए । त्यसपछि ३० अप्रिल ब्रिसवेन, ६ मे सिड्नी र १५ मे मा डार्विनमा प्रस्तुति रहनेछ । अन्त्यमा २१ मे मा एडिलेडमा गजल साँझ सगै उनिहरुको अष्ट्रेलिया साँगितिक यात्रा समापन हुनेछ । सत्य-स्वरुप साँझलाई भब्य रुपमा अष्ट्रेलियामा प्रस्तुत गरेकोमा इनास ग्लोवलका महासचिव रामचन्द्र थापाले इनास अष्ट्रेलिया टिम र अन्य आयोजक टिमहरुलाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply