अष्ट्रेलियामा दुर्घटनामा परेकि विद्यार्थीका लागी विशेष पहल गर्दै नेपालीहरु

८ मे २०१७, एडिलेड-  कामबाट फर्कने क्रममा गत २१ अप्रिलमा साउथ अष्ट्रेलियाको भिक्टर हार्वर नजिकै दुर्घटनामा परेकि  नेपाली विद्यार्थी रेजीना श्रेष्ठको सहयोगका लागी विशेष पहल गर्न नेपालीहरुको एक समुह स्वत:स्फुर्त रुपमा अगाडि बढेको छ । गम्भिर दुर्घटनामा परेकि श्रेष्ठको उपचार खर्च भने स्वास्थ बीमा कम्पनिले ब्योहोर्ने बताइएको छ । उपचार खर्च इन्सुरेन्स कम्पनिले ब्योहोर्ने भएपनि उनले  आगामी केही महिनासम्म काम गर्न नसक्ने भएकाले त्यसवेलासम्मको  उनको घरभाडा, उनका मोबाइल लगायतका खर्चहरु, उनका अभिभावकहरु अष्ट्रेलिया आउदा र बस्दा लाग्ने खर्चहरु धान्न उनलाई कठिन हुने उक्त समुहको ठम्याइ रहेको छ ।

गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजक नबिन कडेलले आफु बिरामी तथा बिरामीका आफ्न्तको सम्पर्कमा रहेको जानकारी दिए । गैर आवाशिय नेपाली संघले केही समयअघि अष्ट्रेलियामा नेपाली बिद्यार्थीहरुको आपतकालिन स्थितिका लागी भन्दै संकलन गरेको विद्यार्थी कल्याणकारी कोषको रेजीनाका लागी उपयोगीताका बारे जिज्ञासा राख्दा उनले सबै कुरा इन्सुरेन्स कम्पनिले ब्योहोर्ने भएकाले विद्यार्थी कल्याणकारी कोषको रकम प्रयोग गर्नु नपरेको जानकारी अनलाईन एडिलेडलाई दिए । उनले थपे, “इमरजेन्सिबाट वार्डमा सारीएको जानकारी प्राप्त हुन आएको छ, भोली बिरामी तथा बिरामीको सामाजीक कार्यकर्तालाई भेटेर उनको स्वास्थ तथा अन्य कुरामा भइरहेका प्रगतीबारे जानकारी लिने र आवश्यकता अनुसार थप सहयोगको पहल गर्ने कार्यक्रम छ । “

“उपचार खर्च ठुलो खर्च हो र उक्त खर्च इन्सुरेन्स कम्पनिले ब्योहोर्नु ठुलो कुरा हो । अष्ट्रेलियामा बसिराखेका हामी अष्ट्रेलियामा हुने अरु खर्चहरुका बारेमा अनभिज्ञ छैनौ । जस्तै उनको कोठाभाडा, मासिक मोबाइल, इन्सुरेन्सलगायतका खर्च, उनको अभिभाबक अष्ट्रेलिया आउदा, बस्दा लाग्ने खर्चहरु, उनीहरुको बिरामी भेट्न जादा र आउदाको यातायात व्यवस्थापनमा निकै खर्च हुन्छ जुन नेपालबाट ल्याएर खर्च गर्दा छोरीलाई केही समयअघिमात्र पढ्न पठाएका अभिभाबकलाई धेरै नै भार हुन आउछ ।”   उनको स्वास्थ अवस्थाबारे सरोकार राख्दै ७ मे मा उनलाई भेट्न गुठी साउथ अष्ट्रेलियाका रजनेश श्रेष्ठसँग अस्पताल पुगेका अशोक केसीले अनलाईन एडिलेडसँग भने । उनले थप्दै भने, “यी सबै कुरालाई मध्यनजर गर्दै साउथ अष्ट्रेलियाको नेपाली समुदायलाईपनि भार नपर्ने गरी हामीले केही योजना बनाइरहेका छौ जुन हामी चाडै नै सार्बजनिक गर्ने छौं । “

अशोक केसी साउथ अष्ट्रेलियाबाट गैर आवाशिय नेपाली संघको संयोजक पदमा उम्मेद्वारी घोषणा गरिसकेका ब्याक्ति हुन । यसरी उम्मेद्वारी घोषणा गरिसकेको अवस्थामा लोकप्रियताका लागी रेजिनाको सहयोगको पहल गरेको? भन्ने अनलाईन एडिलेडको ब्यांग्यात्मक प्रश्नमा केसीले आफु एडिलेड आएदेखिनै समुदायको उत्थानमा सक्रिय रहेको कुरा सबैलाई जानकारी भएको साथै आफुलाई समाजसेवा गर्न पदको आवश्यकता बिगतमा पनि नपरेको र भबिष्यमा पनि नपर्ने  बताए ।

Leave a Reply