एडिलेड नेपाली क्रिकेट एसोसिएसनको वार्षिक सभा सम्पन्न

२९ अप्रिल २०१७, एडिलेड- एडिलेड नेपाली क्रिकेट एसोसिएसनको वार्षिक सभा सम्पन्न भएको छ । शुक्रवार साँझ ६ बजेदेखी ‘टेस्ट अफ हिमालय’ नेपाली रेष्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न नेपाली संघसस्थाका प्रतिनिघिहरुको समेत उपस्थिति रहेको थियो ।

वार्षिक कार्यक्रममा क्रिकेट एसोसिएसनको वर्षभरका गतिविधिहरुवारे प्रकाश पारिएको थियो भने सस्थाको वार्षिक प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । यसका अतिरिक्त कार्यक्रममा खेलाडी, स्पोन्सर तथा सहयोगीहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाजका कलाकारहरुले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

एडिलेड नेपाली क्रिकेट एसोसिएसनको क्रिकेटको माध्यमबाट नेपाली समुदायको साउथ अष्ट्रेलियाको अन्य समुदाय तथा सरकारी निकायसँग सम्बन्ध स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दै आइरहेको छ । एसिसिएसनले स्थानिय, अन्य समुदायका तथा अष्ट्रेलियन सेनाको क्रिकेट टोलीसँग समेत क्रिकेट खेल्ने गरेको छ ।

Leave a Reply