मन्त्र ब्याण्डको कन्सर्ट जुनमा, तृष्णा गुरुङ्गको साथ
२९ अप्रिल २०१७, एडिलेड- नेपाली कलाकार तथा चलचित्रलाई एडिलेडमा बजार दिदै आइरहेको नमस्ते नमस्ते इभेन्ट अर्गनाइजरले आगामी जुनमा मन्त्र ब्याण्डलाई एडिलेड ल्याउने भएको छ । नमस्ते नमस्ते इभेन्ट अर्गनाइजरका तुङ्ग बानियाका अनुसार ५ जुनमा नर्थ ट्यारेसमा अवस्थित ‘Flowers Live’ पबमा कार्यक्रम हुन लागेको हो, जँहा नेपाली नयां वर्षको अवशरमा सन्जय श्रेष्ठको कर्मा ब्याण्डको कार्यक्रम आयोजना भएको थियो ।
दार्जिलिङ्गका नेपाली कलाकारहरुको मन्त्र ब्याण्ड नेपालको सबैभन्दा लोकप्रिय रक-ब्याण्ड मानिन्छ । उक्त ब्याण्डको युरोप तथा अमेरीकामा धेरै नै कार्यक्रमहरु हुने गर्दछ । २०१७ मा एडिलेडमा उनिहरुको पहिलो कन्सर्ट हुने नमस्ते नमस्तेले बताएको छ । कार्यक्रममा उनिहरूको साथमा प्रस्तुति दिनेछिन नेपाली लोकप्रिय पप गायिका तृष्णा गुरुङले ।
कार्यक्रममा लागी तिनखाले टिकटको ब्यवस्था गरिएको छ । नमस्ते नमस्तेलाई सम्पर्क गरी $30 मा अग्रिम बुकिङ गर्न सकिने छ । यसैगरी $33 मा अनलाईनबाट खरिद गर्न सकिने छ भने $35 मा ढोकामा पनि टिकट खरिद गर्न सकिने छ ।
Leave a Reply