साउथ अष्ट्रेलियामा अभिभावक पिकनिक सम्पन्न

Photo Courtesy: Ashok KC

२४ अप्रिल २०१७, एडिलेड- एडिलेडमा नेपालबाट आएका अभिभावकहरुलाई लक्षित गरी अभिभावक पिकनिकको  सम्पन्न भएको छ । एडिलेड नेपाली समाजको अगुवाइमा अभिभावक पिकनिक कार्यक्रमको आयोजना  भएको हो । पिकनिक कार्यक्रम २४ अप्रिलमा  बिहान ११ बजेदेखी अपराह्नको ४ बजेसम्म Thorndon Park Reserve,  SA 5075 सम्पन्न भयो । कार्यक्रममा नेपालबाट हाल साउथ अष्ट्रेलियामा परिवार भेट्न आएका  ७०  जनाभन्दा बढी अभिभावकहरु , साउथ अष्ट्रेलियामा रहेका उनिहरुका परिवार तथा समाजका अन्य मुख्य व्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित अभिभावकहरुले एडिलेड नेपाली समाजको यस अग्रसरताको प्रसंसा गरेका थिए । साथै उनिहरुले समयसमयमा यस्ताखाले कार्यक्रम गरिरहन सुझाए । समाजकी अध्यक्ष सन्तोषि गौतमले अभिभावकहरुको उपस्थिति र मुहारमा देखिएको प्रसन्नताले आफुहरुलाई निकै खुसी र उत्साहित बनाएको बताइन । कार्यक्रममा अभिभाभकहरुलाई लक्षित गर्दै तातो आलु, घ्यापा फोर्ने लगायतका खेलहरुसमेत राखिएका थिए र बिजेताहरुलाई पुरस्कारको ब्यवस्थापनि गरिएको थियो ।

नेपालबाट आफ्ना सन्तान भेट्न साउथ अष्ट्रेलिया आएका अभिभावकविच परिचय तथा अनुभवहरु साटासाट गर्दै रमाइलो गराउने  उदेश्यले आयोजना गरिए पिकनिक कार्यक्रमको लक्ष प्राप्त भएको भन्दै समाजका सचिब राजेश अधिकारीले समजले हरेक बर्ष यस्तोखाले कार्यक्रम गर्ने सोच रहेको बताए । कार्यक्रम आउनलागेको एनआरएन चुनाबबारे छलफलका लागि समेत राम्रै थलो बनेको थियो ।

Leave a Reply