एडिलेडमा अभिभावक पिकनिक

२३ अप्रिल २०१७, एडिलेड- एडिलेडमा नेपालबाट आएका अभिभावकहरुलाई लक्षित गरी अभिभावक पिकनिकको आयोजना गरिने भएको छ । एडिलेड नेपाली समाजको अगुवाइमा अभिभावक पिकनिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । पिकनिक २४ अप्रिलका लागी तय भएको छ । कार्यक्रम बिहान ११ बजेदेखी अपराह्नको ४ बजेसम्म Thorndon Park Reserve,  SA 5075 हुने बताइएको छ । कार्यक्रममा नेपालबाट हाल साउथ अष्ट्रेलियामा परिवार भेट्न आएका करिब ६८ जना अभिभावकहरुको उपस्थिति रहने आयोजकका तर्फबाट युवराज कडेलले बताएका छन ।

नेपालबाट आफ्ना सन्तान भेट्न साउथ अष्ट्रेलिया आएका अभिभावकविच परिचय तथा अनुभवहरु साटासाट गर्दै रमाइलो गराउने  उदेश्यले पिकनिक कार्यक्रमको आयोजना गरिएको हो ।

Leave a Reply