अष्ट्रेलियाको सडक दुर्घटनामा नेपाली युवति
२३ अप्रिल २०१७, एडिलेड- दक्षिण अष्ट्रेलियाको भिक्टर हार्बरमा सडक दुर्घटनामा एक नेपाली युवति गम्भिर घाइते भएकि छन् । गत शुक्रवार तीब्र गतिमा बिपरित दिशाबाट आइरहेको कार र जीप एक-आपसमा ठोकिदा दुर्घटना भएको स्थानिय सन्चारमाध्यमहरुले बताएका छन । दुर्घटनामा करिब १ बर्षअघि साउथ अष्ट्रेलिया आएकि रेजीना श्रेष्ठ घाइते भएकि हुन । उनिसँगै सवारी चालक उनका नाइजेरीयन साथीसमेत गम्भिर घाइते भएका छन । नेपालमा उनको घर धरान रहेको बताइएको छ । उनको हाल फ्लिन्डर मेडिकल सेन्टरमा उपचार भइरहेको र ठीक हुन करीब ६ महिना लाग्ने चिकित्सकले बताएका छन । उपचारखर्च भने उनको इन्सुरेन्स कम्पनिले व्योहोर्ने जानकारीमा आएको छ ।
दुर्घटना गत शुक्रवार बिहान ५:३० बजे भएको बताइएको छ । दुर्घटना ग्रस्त कारबाट घाइतेहरुलेई निकाल्न करिब आधा घन्टा लागेको संचारमाध्यमहरुले बताएका छन जीप चालकलाई भने सामान्य चोटमात्र लागेको छ ।
एडिलेडमा बस्ने उनी कामका सिलसिलामा भिक्टर हार्वर गएको र त्यहाबाट फर्कने क्रममा दुर्घटनामा परेको बताइएको छ । केही समयअघिमात्र उनी नेपाल गरि बिबाह गरेर अष्ट्रेलिया फर्किएकि थिइन ।
Leave a Reply