नेपाल र भारतको सिमानामा पर्खाल लगाउन प्रवासी नेपालीको बढ्दो प्रतिवद्दता

१३ मार्च २०१७, काठमाण्डौ- नेपाल भारत सिमाना नजिक नेपालतर्फ बनाइएको कलभर्ट बिबादमा नेपालको सिमाना भित्रै आइ भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले एक नेपालीको गोली हानी हत्या गरेपछि देशभित्र र बाहिरबाट यसको सर्वत्र विरोध भइरहेको छ । केहि दिन अघि कञ्चनपुरको नेपाल-भारत सिमानजिकै नेपालतर्फ निर्माण भइरहेको कल्भर्ट बिषयमा बिबाद हुदा एसएसबीका जवानहरु नेपालभित्रै प्रवेश गरी नेपालीहरुलाई कुटपिट गर्दै गोली प्रहार गरेका थिए । यसरी गोली लागी घइते भएका गोबिन्द गौतमको अस्पताल लैजादैगर्दा मृत्यु भएको थियो ।

नेपाल-भारत बिच खुल्ला सिमा रहेका कारण लामो समयदेखी सिमा बिबाद रहदै आएको छ । नेपाल सरकारको उदासिनताका कारण भारतले ६० हजार हेक्टरबढी नेपालको भूमी अतिक्रमण गरिसकेको छ र सिमामा भारतीय सुरक्षाकर्मीको ज्यादतिका कारण हजारौं नेपालीले हरेक बर्ष सिमामा कुटपिटको सिकार हुने गरेका छन् । जनस्तरको दवाव थेग्न नसकि सरकारले गौतमलाई सहीद घोषणा गरी दश लाख उपलब्घ गराउने प्रतिवद्दता गरेको छ । तराइमा केही समयअघि भएको मघेसी मोर्चाको आन्दोलनमा भारतीय नागरीकको गोली लागी मृत्यु भएको केही घण्टा नबित्दै भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले नेपाल समकक्षि प्रचन्डलाई फोन गरी घटनाबारे जानकारी माग गरेका थिए । नेपालका प्रधानमन्त्रि प्रचण्डले भारतीय सुरक्षाकर्मी नेपालनै प्रवेश गरेर नेपाली नागरीकको हत्या गरेको हप्तादिन बिद्दापनि मोदीलाई फोन गर्ने हिम्मत गर्न नसकेको बुझिएको छ । उनको हैसियत यहीबाट प्रस्टहुने प्रतिपक्षिहरुले बताउन थालेका छन ।

नेपालमा एकलाख बढी सेना छन र पैसठ्ठी हजारको हाराहारीमा ससस्त्र प्रहरी जो जनताको करबाट पालिन्छन । माओवादी द्दन्दपछि ब्यारेकमा तलब खाएर बस्नुभन्दा तिनिहरुको खासै काम छैन । नेपाली सेनाले केही बिकाशनिर्माणका कामहरु गरेपनि ससस्त्र प्रहरी ब्यारेकमा थन्किएर बसेको छ । भारतले नेपाल भारतको सिमामा सिमा सुरक्षाकै लागी १ लाख बढी सुरक्षाकर्मी खाटाउदा नेपालले भने करीब ५ हजारको संख्यामा ससस्त्र प्रहरी खटाएको छ त्यो पनि सिमा सुरक्षाका लागी नभइ चोरी-तस्करी नियन्त्रणका लागी ।

यसरी नेपाली सुरक्षाकर्मी ब्यारेकमा बिनाकाम बसिरहदा र नेपाली जनताले सास्ति खेपिरहनुपर्दा नेपाली जनता आक्रोसित बन्नेगरेका छन् । दुवइमा हेमन्त पौडेलले आफ्नो  फेसबुकमा ‘सरकारले भारतीय सिमानमा वाल लगाउने निर्णय लियोस म मेरो ब्यक्तीगत तर्फबाट १ लाख सहयोग गर्ने बचन बद्धता गर्न चहान्छु। तपाई नि ?’ भनेर स्टाटस राखेको केही घण्टामै सहयोगको घोषणा गर्ने नेपालीहरुको संख्यामा उल्लेखनीय  बृद्धि भइ करिब १ करोड ५० लाख सहयोगको प्रतिवद्दता साथै हज्जारौं दिनको श्रमदानको घोषणा गरियो । यो त नमुनामात्र हो । सरकारले अग्रसरतामात्र लिनु हो भने नेपाल-भारतको सिमा ब्यवस्थापनका लागी प्रवासमा बस्ने नेपालीहरुबाट अरबौं सकम संकलन हुने पक्का छ ।

नेपाली युवाहरुको फेसबुक ग्रुप ‘मेन्स रुप रिलोडेड’ ले आइतवार स्वतस्फुर्त रुपमा भारतीय दुतावास लैनचौर अगाडी भारतीय हस्तक्षेपविरुद्द हिजो खवरदारी जुलुस आयोजना गर्यो । साथै ‘मेन्स रुम रिलोडेड’ र ‘मेन्स भर्सेस वोमन रुम रिलोडेड’ मा सिमा ब्यवस्थापनपछिको संभावित तस्बिर भाइरल नै बनिसकेको छ जस्मा पर्खाल पारी बढी आवादी रहेको भारतीयहरु पानीका कारण तड्पिरहेको देखाइएको छ भने पर्खालवारी नेपालमा सुविधासम्पन्न घरमा नेपालिहरु आराम गरिरहेको देखाइएको छ ।

Leave a Reply