साउथ अष्ट्रेलियामा नेपाली लोक गायाकद्वय सम्मानित
२७ मार्च २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा लोक गायकद्वय नारायण रायमाझी तथा लोक गायीका शान्ति परीयार सम्मानित भएका छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाले उनीहरुलाई सम्मान गरेको हो । गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको आयोजनामा भएको नेपाल महोत्सबका लागी गायकद्वय साउथ अष्ट्रेलिया आएका हुन ।
सोमबार साँझ भएको एक कार्यक्रममा समाजले खादा लगाएर कदर पत्र प्रदान गरी कलाकारहरुको सम्मान गरेको हो । रायमाझी पुराना नेपाली लोक गायक हुन । रायमाझी लोक दोहोरीका क्षेत्रमा निकै रुचाइएका कलाकार हुन भने परीयार उदयीमान लोक गायीका हुन । कलाकारहरुले यसरी विश्वभर नेपाली कला-संस्कृतीको संरक्षणका लागी इनास जस्तो संस्थाको गठनले आफुहुरलाई निकै हर्षत बनाएको बताए । रायमाझीले युट्युबमा नेपाली चलचित्र खोज्दैगरीकि सानी नेपाली बालिकाको प्रसंग सम्झदै भने- “केही समयअधिसम्म प्रवासमा हुर्कने नेपाली बालवाकिकाहरु नेपाली गीत-संगीत र संस्कृतीप्रति अनभिज्ञ बन्ने पो हुन कि त्रास रहनेगरेकोमा अब भने इनासजस्तो संस्थाको कारणले अब त्यो त्रास अब छैन । “
कार्यक्रममा गैरआवाशिय नेपाली समाज साउथ अष्ट्रेलिया संयोजक नवीन कडेल, प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया उपाध्यक्ष राजेश अघिकारी लगायत इनासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Leave a Reply