योगी चिन्तामणीको आध्यात्मिक प्रवचन सम्पन्न

प्रवचन पारिवारीक मूल्यमा आधारीत

CM1१२ ंमार्च २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा शनिवार योगी चिन्तामणीको आध्यात्मिक प्रवचन सम्पन्न भएको छ । कार्यक्रम मेरियन RSL को कार्यक्रम भवनमा सम्पन्न भएको हो । अपह्रान्न १ बजेदेखी चलेको कार्यक्रममा अध्यात्मको सामान्य परीचयबाट बिषय प्रवेश गर्दै योगीले पारिवारीक मूल्यमा आधारीत निकै गहन प्रवचन दिनुभएको थियो । असन्तुष्टिको जराका रुपमा ‘आकांक्षा’ रहेको प्रष्ट पार्दै योगीले आकांक्षालाई आवश्यकताले विस्थापन गर्न सके जीवन सहज हुने कुरा ब्याक्त गर्नुभयो ।

निक्कै गहन महत्व भएको गृहस्थि-जीवनले नै योगी-सन्त लगायतका अन्य जीवन शैलीहरुलाई अस्तित्व प्रदान गरेको बताउदै प्रवासको बाध्यात्मक ब्यस्सताहरुबिच कसरी पारीवारीक जीवनलाई सुमधुर बनाउन सकिन्छ भन्ने गहन बिषयलाई योगीले उपस्थितहरुसँगको दोहोरो संवादमा आधारीत सरल रुपमा प्रकास पार्नुभएको थियो । पारीवारीक सम्बन्ध सुमधुर बनाउने तरीकाहरुलाई ग्रन्थ र उपनिसद्का कहानीका प्रशंग तथा श्लोकरु प्रयोग गर्दै निकै रोचक ढङ्गले योगीले प्रवचन दिइरहदा उपस्थितहरु मन्त्र-मुग्ध देखिन्थे । 

CM2पति-पत्निका सम्बन्ध सुमधुर बनाउने शुरुवातका रुपमा घरभित्र प्रयोग हुने शब्दहरुमा ध्यान दिनुपर्ने बताउदै दम्पतिले धेरैजसो प्रयोग गर्ने ‘म’ र ‘मेरा’ जस्ता एकात्मक शब्दहरुलाई ‘हामी’ र ‘हाम्रा’ जस्ता शब्दहरुले स्थानान्तरण गर्न सके अपनत्वको सोच बिकाश हुन गइ भावनात्मक सम्बन्ध प्रगाढ बन्न शुरु हुने बताउनुभयो ।  संसार व्याक्तिगत व्यावहारको दर्पण रहेको बताउदै पारीवारीक समृद्दिका लागी सम्बन्धहरुमा क्रमश: कम हुदै गएका एकअर्काप्रतिको सम्मानमा पनि बिशेष ध्यान दिन आग्रह गरेका योगीले शर्तरहित प्रेम र विश्वासवारे प्रष्ट पार्नका लागी उपनिशद्को शन्त कविर र उनकि श्रीमति लोहीको कहानी सुनाउनुभएको थियो । उक्त कहानीमा निकै बिद्वान शन्त कबिर एकजनालाई शर्तरहित प्रेम र विश्वासवारे बुझाउन उनकि श्रीमतिलाई दिउँसै लालटिन बालेर लिएर आउन भन्छन र श्रीमतिपनि केहीबेरमा लाल्टिन बालेर टुप्लुक्क आइपुग्छिन । शन्त कबिरलाई बिद्वान ठानेर ज्ञान लिन गएका ति ब्याक्ति मनमनै दुबै पतिपत्नीलाई पागलको संज्ञा दिन्छन ।  यसरी आफुलाई पागल ठान्न पुगेका ति ब्याक्तिलाई बुझाउदै शन्त कबिरले त्यो वास्तवमा पागलपन नभएर पति-पत्नीबिच हुनपर्ने शर्तरहित प्रेम र विश्वासको उपमा भएको प्रष्ट पार्छन । श्रीमतिले पनि कबिरको बिचारमा सहमति जनाउदै आफ्नो पतिले दिउँसै लालटिन लिएर आइज भन्नुका पछी कुनै बिशेष कारण रहेको विश्वासले लालटिन बालेर लिएर आएको बताएपछि ति ब्याक्ति उनीहरुबिचको शर्तरहित प्रेम र एकअर्काप्रतिको विश्वास देखेर नतमस्तक हुन पुग्छन । यसैगरी वालबच्चालाई शिक्षा दिनुपर्ने बताउदै आफुभन्दा ठुलालाई सम्मान गर्नुपर्ने संस्कारको बिकाशपनि अपरीहार्य रहेको बताउनुभयो ।

योगी चिन्तामणि अष्ट्रेलियाभरीको कार्यक्रमलाई लिएर करिब तीन साताअघिदेखी अष्ट्रेलियामा हुनुहुन्छ ।  उहाले पर्थको मर्डोच युनिभरसिटि लगायत मेलवर्न, सिड्नी र ब्रिसवेनमा यसअघिनै आफ्नो प्रवचन दिइसक्नुभएको छ । पर्थको मर्डोच युनिभरसिटिमा मुल्य र मान्यतामा आधारीत शिक्षा विषयमा आमन्त्रित लेक्चरका रुपमा प्रवचन, त्यहाँको नेपाली समुदायसँग सत्सँग, मेलवर्नमा वालवालिका तथा नेपालीहरुलाई प्रवचन, सिड्नीमा नेपाली वालवालिकाहरुलाई प्रवचन, सिड्नीकै अहमादिया मुस्लिम सोसाइटि, जोन कोलेट स्कुल, फिलोसफि सोसाइटि, युनिभरसिटि अफ थर्ड एजमा मुख्य वक्ताका रुपमा प्रवचन, तथा सिड्नीका नेपालिहरुसँग सत्सगं गरिसक्नुभएको छ । एडिलेडमा उहाले शनिवार एचिलेड नेपाली विद्यालयका विद्यार्थीहरुलाई प्रवचन दिनुभएको थियो भने आज नेपाली समुदायलाई पारीवारीक मुल्य-मान्यताका बिषयमा प्रवचन दिनुभएको हो । एडिलेडमा शान्ति सेवा समाजको आयोजनामा कार्यक्रम भएको थियो ।  समुदायका अग्रज राजु उपाध्याय, नबिन कडेल, प्रकाश थापा अशोक केसी लगायतको अग्रसरतामा गत वर्षदेखी नियमित रुपमा योगी चिन्तामणीको प्रवचन हुदै आइरहेको छ ।

Leave a Reply