एडिलेडमा यस बर्षपनि योगी चिन्तामणीको आध्यात्मिक कार्यक्रम हुदै

एडिलेड नेपाली विद्यालयले पनि वालवालिकाको लागी छुट्टै कार्यक्रम आयोजना गर्ने

yogi५ मार्च २०१७, एडिलेड- ब्यस्ततै ब्यस्तताको बिचमा  एडेलेडबासी नेपालीहरुले यस वर्षपनि अध्यात्मको सहयोगले अाफुभित्र आन्तरीक जागरण गराउने अवशर पाउने भएका छन । ‘शान्ति सेवा समाज एडिलेड’ ले  आगामी १२ मार्च आइतवारका दिन 31- 39 Norfolk Road, Marion SA 5043 मा अवस्थित Marion RSL मा  ‘आध्यात्मिक प्रवचन’ को आयोजना गर्न लागेको हो । कार्यक्रम दिनको ठिक १ बजेबाट  ५ बजेसम्म चल्ने छ । कार्यक्रममा प्रवचन दिन  योग बिज्ञानको क्षेत्रमा १५ बर्षभन्दा बढी समयदेखी काम गरिरहनुभएका नेपालका सुप्रसिद्द योगी डा. चिन्तामणी गौतम नेपालबाट आउने बुझिएको छ । गत बर्षपनि सोही स्थानमा योगीको ‘आन्तरीक जागरण’ बिषयमा प्रवचन भएको थियो । 

यसैगरी नेपाली वालवालिकाहरुलाई अध्यात्मवारे जानकारी गराउन र जीवनलाई बाल्यकालदेखिनै सञ्तुलित राख्न सिकाउनका लागी एडिलेड नेपाली विद्यालयले समेत योगी चिन्तामणिको साथमा ११ मार्चमा अर्को कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम 1-37 Pildappa Avenue, Park Holme मा अवस्थित Ascot Park Primary School  बिहान ९ बजेदेखी २ बजेसम्माम हुने बताइएको छ । उक्त कार्यक्रम भने वालबालिका केन्द्रित हुने छ । कार्यक्रममा गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाले गत बर्षको कार्यक्रममा घोषणा गरेबमोजिम नेपालका दुर्गमका बालवालिकाहरुको सहयोगार्थ रकम संकलन गर्न एडिलेड नेपाली विद्यालयका विद्यार्थीहरुलाई खुत्रुके वितरण गर्नेपनि कार्यक्रम रहेको छ । कार्यक्रममा एडिलेड नेपाली विद्यालयमा नियमित नजाने वालवालिकाहरुले पनि सहभागीता जनाउन सक्ने वताइएको छ ।

yogi1गुल्मिमा जन्मनुभएका  योगी डा. चिन्तामणि गौतम १५ बर्षभन्दा बढी समयदेखी योग बिज्ञानका क्षेत्रमा काम गरिरहनुभएको नेपालका शुप्रसिद्द योगगुरु हुनुहुन्छ । उहाले योगा र यसको उत्पत्ति र संस्कृतिवारे अध्यायन गर्न भारतका योगी तथा सन्तहरुसँग लामो समय व्यथित गर्नुभएको छ । त्यसपछि योगावारे उहाले विश्वविद्यालयमा अध्यायन थाल्नुभयो र पछि योगा बिज्ञानमै २ बर्षको स्नाकोत्तर र पि. एच डि समेत गर्नुभएको छ ।  उहाले योगावारे नेपाल तथा भारतमा धेरै नै आध्यात्मिक कार्यक्रम एवं  गोष्ठीहरु गर्नुभएको छ ।

सस्कृतमा निक्कै अब्बल डा. योगीले योगा र अान्तरीक ज्ञानवारे गहिरो अध्यायन गर्नुभएको छ । पहिले बिज्ञानका विद्यार्थी भएका कारण मानव शरीरवारे राम्रो ज्ञान रहेकोले उहाँ शरीर, योगा र  अान्तरीक ज्ञानलाई बैज्ञानिक दृष्टिकोणबाट राम्रोसँग ब्याख्या गर्न सक्नुहुन्छ । हासो- ठट्टा गर्दै निकै मिलनसार तवरले ज्ञान दिने उहाँको तरीका अत्यन्त प्रभावकारी मानिन्छ । उहाको शिक्षा दिनै शैलीलाई शालिन, गहन, पुर्ण, प्रेमपुर्वक, प्रयोगात्मक, वैज्ञानिक, संयमित, आत्मविश्वासी, खोजमुलक, खुला, परिवर्तनशिल अादि भनेर ब्याख्या गर्ने गरिन्छ । उहा सवै धर्म-सस्कृति, भाषा, भौगोलिकता आदिका मान्छेहरुलाई उत्तिकै सम्मान गर्नु हुन्छ ।

के हो अध्यात्म ?

अध्यात्म शास्त्र शोध संस्थान (एस.एस.आर.एफ.) भारतले हाम्रो पाँच ज्ञानेन्दिय, मन (अर्थात संवेदना, भावना र ईच्छा) तथा बुद्दि (अर्थात निर्णय प्रक्रिया) माथि रहेको सम्पुर्ण कुराहरुलाई अध्यात्म भनेर परिभाषित गरेको छ । अर्थात काम, क्रोध, लोभ, मोह, अहंकार, मन र बुद्दिको प्रभावभन्दा माथिको अवस्थामा प्रवेश गर्नु नै अध्यात्म हो ।

हामीलाई किन अावश्यक छ अाध्यात्मिक ज्ञान?

प्रतिस्पर्धा र विश्वब्यापिकरणको आजको दुनियामा वैज्ञानिक आविश्कारहरुले एकातर्फ जीवनलाई सहज बनाउदै लगेको छ भने मष्तिष्कमा तनाव थोपर्दै लगेको छ । वस्तु तथा सुबिधाहरुमा हाम्रो पहुच त बढ्दो छ तर फलस्वरुप हाम्रा दायित्वहरुहरुपनि बढिरहेछन, र त्यो बढ्दो दायित्वको असर हाम्रो मगजमा पर्न जान्छ, तसर्थ कुनै न कुनै रुपमा हुने मानसिक रोगीहरुको संख्या हरेकदिन बढ्दो छ ।  ‘सेन अष्ट्रेलिया’ भन्ने संस्थाका अनुसार करिब अाधा (४५%) जनसंख्याले जीवनको एक अवधिमा कुनै न कुनै खाले मानसिक समस्याबाट गुज्रने गरेका छन, र यो प्रतिसत हरेक बर्ष बढ्दो छ । यसका साथै हरेक ५ जनामध्ये १ जना अष्ट्रेलियनले हरेक बर्ष मानसिक रोगको सिकार हुनेगरेको छ  र कम्तिमा १ तिहाइ युवाहरुले २५ बर्षभन्दा कम उमेरमा कुनैखाले मानसिक समस्याको सिकार हुने गरेका छन ।

तसर्थ, जिवन र जगतवारे समयमा नै सहि ज्ञान लिनसक्ने र योग र साधनाको माध्यमबाट तनावलाई व्यवस्थापन गर्न सक्ने हो भने धेरैखाले मानसिक रोगहरुबाट सहजै मुक्ति पउन सकिन्छ । हामी आफ्नो जन्मस्थान र आफन्तहरुभन्दा निकै परको यो देशमा आफ्नो र सन्ततिहरुको भविष्य खोजिरहेछौं, यसैपनि हाम्रो तनावको स्तर माथी छ । त्यसमाथी सिकेको भाषा, नौलो कार्यपद्दति, हामीले भोगीआएको भन्दा पृथक संस्कृति, नियमकानुन तथा अभ्यास शैलिहरुका कारण हामी अझ बढी मानसिक समस्याको संभावनामाझ छौ । तसर्थ आफुलाई मानसिक समस्याहरुबाट टाढा राख्नका लागि हामीलाई आध्यात्मिक ज्ञान र अभ्यासको अझ बढी जरुरी रहेको छ ।

Leave a Reply