चौथोपटक पनि लुटिदै एडिलेड

'तेस्रो शो' मा पनि दर्शकको उत्साह नघटेपछि चौथो शो को घोषणा

loot-poster५ मार्च २०१७, आइतवार- साउथ अष्ट्रेलियाको मुख्य शहर एडिलेडमा बहुप्रतिक्षित नेपाली चलचित्र “लुट २” को चौथो शो पनि हुने पक्का भएको छ । “शनिवार भएको तेस्रो शो मा पनि दर्शकहरुको उत्साह उल्लेख्य रहेको देखेपछि मंगलबार ७ मार्चमा चौथो शो गर्ने निश्चित गरेका छौं ” नमस्ते नमस्तेका तुङ्ग बानियाले अनलाईन एडिलेडसँगको कुराकानीमा वताए । एडिलेडका सबैभन्दा पुरानामध्येका एक नेपाली कुमार पुष्प गुरुङ्गले एडिलेडमा कुनै नेपाली चलचित्रले चार चारबटा सम्म शो गरेको यो नै पहिलो पटक भएको दाबी गरे । “संभवत चौथो शो नै अन्तिम हुन्छ होला” नमस्ते नमस्तेका अर्का संचालक चुम गुरुङले थपे । 

17121417_10210733578808444_504999646_oकरीब ६० लाखको लगानीमा बनेको चलचित्रले नेपाली बक्स अफिसमा तहल्का नै मच्चाइरहेको छ ।  एक हप्ताको अवधिमा करीब ८ करोडको ब्यापार गरिसकेको बताईएको छ जुन ‘छक्का-पञ्जा’ को भन्दापनि बढी हो । निकै रुचाइएको तथा नेपाली चलचित्रको धार नै परिवर्तन गर्न सफल चलचित्र ‘लुट’ को सिक्वेलका रुपमा आएको चलचित्र ‘लुट २’ २४ फेब्रुवरी, शुक्रबार तथा शिबरात्रीका दिन पारेर विश्वभर रिलिज भएको थियो । पछिल्लो समयमा नयाँ धारका नेपाली चलचित्रहरु बन्न थालेपछि नेपालमा हिन्दी चलचित्रको ब्यापार ह्वात्तै घटेको छ ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका निकै रुचाइएका कलाकारहरुको दमादार अभिनय रहेको छ । एलिसा राईको आइटम नृत्य रहेको “ठमेल बजार” गीतले हालसम्मको सबैभन्दा बढीपटक युट्युबमा हेरिएको नेपाली गीतको रेकर्ड बनाइसकेको छ ।  चलचित्रलाई निर्देसन निश्चल बस्नेत ले गरेका छन भने माधब वाग्लेले निर्माण गरेका हुन ।

सिड्नीमा भने प्रविधिक गढवढीका कारण पहिले प्रशारण हुन नसकेकाले पहिलो शो हिजो भएको बताइएको छ । सिड्नीका नेपालीहरुको पनि चलचित्रप्रतिको प्रतिक्रिया निकै सकारात्मक रह्यो ।

Leave a Reply