साउथ अष्ट्रेलियामा ‘होम लोन’ सम्बन्धि अन्तरकृया हुँदै

Real estate concept

१ मार्च २०१७, एडिलेड- साउथ अष्ट्रेलियामा बस्नुहुन्छ,  पि आर भैसकेको छ, र घर किन्ने सोचमा हुनुहुन्छ भने यसवारे थप जानकारी लिदै अवश्य हुनुहुन्छ होला । यदी हो भने तपाइकै शहर एडिलेडमा ‘होम लोन’ सम्बन्धि अन्तरकृया कार्यक्रम हुदै छ ।  नेपालीलाई अष्ट्रेलियामा घर किन्दा हुने फाइदा र बेफाइदाका बिषयमा बिस्तृत रुपमा जानकारी दिन 360 Expert Mortgage Solutions ले एक अन्तरकृया कार्यक्रमको आयोजना गर्दै छ ।

तत्काल घर किन्ने सोच बनाइरहनुभएका तथा भबिष्यमा धर किन्ने योजना बनाउनुहुनेहरुलाई समेत यो अन्तरकृया बिशेष हुनेछ । कार्यक्रम शनिबार ४ मार्च २०१७ मा साँझ ५ बजेबाट 122 Grenfell Street, Adelaide अवस्थित  IBIS Hotel मा हुनेछ । कार्यक्रमको प्रवेश निशुल्क रहेको छ भने कार्यक्रममा सहभागीहरुले ९,४९० वरावरको एल होलिडे प्याकेजमा फ्री इन्ट्री पनि पाउनेछन । कार्यक्रममा खाजा-चियाको समेत व्यवस्था रहने छ ।

कार्यक्रममा भाडामा बस्दा र आफ्नै घरमा बस्दा हुने खर्च र बचतका बिषयमा बिस्तृत रुपमा जानकारी प्राप्त हुने हुनेहुँदा अष्ट्रेलियामा लामो समय बस्ने सोच हुनेहरुले कार्यक्रममा भाग लिनु निकै राम्रो हुनेछ ।

Leave a Reply