समाजसेवी छविका रबिन्द्र मिश्रपनि राजनीतिमा

दिए बिबिसिबाट राजीनामा

rabindra२८ फेब्रुवरी २०१७, काठमाण्डौ- नेपालमा राजनीतिक दलका चाङमा एक अर्कोपनि दल थपिने निश्चितप्राय भएको छ । बिबिसी नेपाली सेवाका बरिष्ठ नेपाली पत्रकार रबीन्द्र मिश्रले राजनीतिक दलको घोषणा गरेपछी यसरी नयाँ दल थपिने भएको हो । श्रोतका अनुसार आज बिबिसीमा मिश्रको अन्तिम दिन हो।

केही समयदेखी राजनीतिमा आउन कसरत गरिरहेका मिश्र करीब २ बर्षअघि बाबुरामले नेकपा माओबादीबाट चोइटिएर पार्टी खोल्दा मिश्रपनि उक्त पार्टीमा आउने भन्ने निक्कै हल्ला चलेको थियो । मिश्रभने त्यसबेला उपयुक्त समय नआइसकेको तथा नयाँ पार्टीका लागि नयाँ अनुहार चाहिने भन्दै भट्टराईको  उक्त पार्टीमा गएनन् ।

यसरी बाबुरामसँग नगइसकेपछी मिश्रले नेपाली कांग्रेस तथा नेकपा एमालेका प्रभावशाली युवा नेताहरुसँग छुट्टै पार्टी निर्माणका लागी थुप्रै चरणमा वार्ताहरु गरे । यसरी उनले गहिरो छलफल गरेका नेताहरुमा  गगन थापा, रविन्द्र अधिकारी, घनश्याम भुसाल तथा पूर्व मुख्यसचिव लिलामणि पौडेल लगायतलाई पर्छन । मनाउन धेरै लामो समयसम्म प्रयास गरे। गगन थापा, रविन्द्र अधिकारी, घनश्याम भुसाल लगायतले आफ्नो पार्टी छोड्ने निर्णय गर्न नसकेको तथा पूर्व मुख्यसचिव लिलामणि पौडेल चीनका लागि नेपालको राजदूत भएर गएपछि उनको योजना एलपटक छताछुल्ल भएको बताएको छ । पुन: उनले अभिनेता राजेश हमाल, चिकित्सक गोभिन्द केसी लगायतसँग छलफल गरी आजै नयाँ पार्टीको घोषण गर्ने बुझिएको छ । अहिले नै मिश्रसँग टिममा को को छन् भन्ने यकिन भएसकेको  छैन ।

Leave a Reply