साउथ अष्ट्रेलियामा ‘नेपाल फेस्टिबल’, विदेशी केन्द्रित बनाउने एनआरएनको लक्ष

nepal-festival२५ फेब्रुवरी २०१७, एडिलेड- हरेक २ बर्षमा आयोजना हुने ‘नेपाल फेस्टिबल’ बिदेशी केन्द्रित बनाउन गैर आवाशिय नेपाली संघ (एनआरएनए)- साउथ अष्ट्रेलिया तदारुपताका साथ लागि परेको छ । नेपाल फेस्टिवलमा नेपाली संस्कृति तथा स्थलहरु वारे बिदेशीहरुलाई जानकारी गराइ नेपालको पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने एनआरएनएसएको लक्ष रहेको छ । यसपालिको ‘नेपाल फेस्टिबल’ एनआरएनएसएले अष्ट्रेलियाका लागी नेपाली दुतावास तथा साउथ अष्ट्रेलियाका लागी नेपाली बाणिज्य-दुतावाससँगको सहकार्यमा गर्न लागेको हो ।  ‘नेपाल फेस्टिवल २०१७’ को मुख्य नारा “Celebrate Culture, Experience Nature” रहको छ । 

कार्यक्रम २५ अप्रिल २०१७ मा Hindmarsh Square मा बिहानको ११ बजेबाट हुने एनआरइनएसएले बताएको छ । कार्यक्रमको बजेट ५०,००० डलरबढी हुनेपनि बताइएको छ ।

गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाले राज्यसमितिको अग्रसरतामा सन् २००६ देखी हरेक २ वर्षमा प्राय सबै राज्यहरुमा  ‘नेपाल फेस्टिवल’ कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।  कार्यक्रममा नेपाली संस्कृति तथा खाना प्रवर्दन, नेपाली परेड, स्थानिय संचारमाध्यमहरुलाई कार्यक्रम तथा नेपालबारे  जानकारी,  दृष्यावलोकन आदि हुने गर्छ ।

Leave a Reply