इनास साउथ अष्ट्रेलियाको पहिलो वार्षिक साधारण सभा सम्पन्न

२५ फेब्रुवरी २०१७, एinas-agm1डिलेड- शनिवार अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको पहिलो बार्षिक साधारण सभा मेरियन RSL मा एक साँगितमय कार्यक्रममा बिच सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका महासचिव दया पराजुलीले संस्था गठन भएयताका संस्थाका गतिविघिहरु वारेको पावरप्वाइन्ट प्रस्तुत गरेका थिए । यसैगरी संस्थाकि कोषाध्यक्ष इन्दु भट्टराइले संस्थाको आर्थिक विवरण प्रस्तुत गरिन । लेखापरीक्षण हुने समय नभइसकेकाले अडिटेड विवरण प्रस्तुत गर्न नसकिएको बताउदै संस्थाको हिसाव-किताववारे कसैलाई कुनै जिज्ञासा भए नियमसम्मत तरीकाले आफुलाई सम्पर्क गर्नसक्ने उनले बताएकि छन ।

कार्यक्रममा इनास ग्लोबल महासचिब रामचन्द्र थापा, इनास अष्ट्रेलिया संस्थापक संयोजक डा. रामकृष्ण निरौला, इनास अष्ट्रेलिया महासचिब मिलन दाहाल, एडिलेड नेपाली समाजकि संस्थापक अध्यक्ष सर्वदा घिमिरे, एडिलेड नेपाली विद्यालयकि प्रधानाध्यापक मञ्जु खड्का, इनास अष्ट्रेलिया पुर्व कोषाध्यक्ष दिपक लामालगायतले आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व इनास साउथ अष्ट्रेलिया अध्यक्ष विकाश शर्मा पोखरेलले गरेका थिए भने प्रमुख आतिथ्य  एडिलेड नेपाली विद्यालयकि प्रधानाध्यापक मञ्जु खड्काले गरेकि थिइन । 

inas-agm2इनास ग्लोबल महासचिब रामचन्द्र थापाले इनासको विश्वभरका गतिविधिहरुवारे उपस्थितहरुलाई जानकारी गराएका थिए । उनले सिक्किममा नेपाली चलचित्र सुटिङ गर्दा सिक्किम सरकारले कुल खर्चको आधा सहयोग गर्ने समझदारी भएको सार्वजनिक गर्दै उक्त उपलब्धि सिक्किममा भएको चौथो इनास अवार्डको कारण भएको बताए । प्रमुख अतिथि खड्काले इनासले नेपाली भाषा-संस्कृतिको योगदानमा पुर्याएकोमा प्रशंसा, इनासको अन्य संघसस्थासँगको सहकार्यवारे चर्चा गर्दै गत भानुजयन्तीको इनास र एडिलेड नेपाली विद्यालयको सहकार्यको स्मरण गरेकि थिइन । इनास अष्ट्रेलियाका संस्थापक अध्यक्ष डा. रामकृष्ण निरौलाले नेपालीलाई सँगीत र संस्कृतिको माध्यमबाट जोड्ने इनासजस्तो गैरराजनितिक संस्था अपरिहार्य रहेको नत्र फिजिमा रहेका नेपालीजस्तो भाषा गुमाउनुपर्ने सम्भावना रहने बताए । संस्थाका अध्यक्ष विकाश शर्मा पोखरेलले संस्था पुर्ण रुपमा प्रवासमा नेपाली कला-संस्कृतिको प्रवर्दनका लागी भएको बताउदै अन्य सघ-सस्थासँगको सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिइने बताए ।

सँगितिक माहोलबाट शुरु भएको कार्यक्रम ‘रोइला’ मा समापन भएको थियो । कार्यक्रममा इनास ग्लोबल महासचिब रामचन्द्र थापाले गीत प्रस्तुत गरेका थिए भने सफल नेपालीले कबिता प्रस्तुत गरेका थिए ।  इनास साउथ अष्ट्रेलिया inas-agm3महासचिव दया पराजुली र इनास साउथ अष्ट्रेलिया सदस्य कबिता परजुलीको ‘रोइला’ दोहोरीले उपस्थितलाई निकै मनोरञ्जन गराएको थियो । समापन हुदासम्म उपस्थितहरु भरपुर मनोरञ्जन गर्दै नाचिरहेका थिए ।  कार्यक्रमको संचालन सस्थाका महासचिव दया पराजुलीले गरेका थिए ।

Leave a Reply