नेपालको पर्यटन प्रवर्दनका लागी एडिलेडमा कार र्यालि सम्पन्न
२६ फेब्रुवरी २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको मुख्य सहर एडिलेडमा नेपालको पर्यटन प्रवर्दनका निमित्त २६ फेब्रुवरीका दिन नेपालका पर्यटन स्थलहरुबारेको जानकारी लेखिएको स्टिकरसहितको कार र्यालि आयोजना भएको छ । र्यालि एडिलेड शहरदेखी ग्लेनेल्गसम्म चलेको थियो । र्यालिमा २० भन्दा बढी कारहरु सहभागी भएको आयोजकहरुले बताएका छन् ।
अष्ट्रेलियामा नेपाली युवाहरुले सन् २०१५ को भु-कम्पपछिको पुन-निर्माणमा सहयोग होस भनेर पर्यटन प्रवर्दनका निमित्त कारको पछाडिको सिसामा नेपालसम्बन्धि जानकारि रहेको स्टिकर टाँस्ने अभियान चलाएका छन । र्याली एकदिनमात्र आयोजना हुने भएपनि कारमा रहेको स्टिकर पछिसम्म रहिरहने भएकाले नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने सन्देस पछिसम्म कारमा रहिरहने भएकाले बिज्ञापनको यो शैलि प्रभावकारी एवं सस्तो हुने आयोजकहरुको दावी छ ।
र्यालिपछि साउथ ट्यारेसमा अवस्थित पार्कमा र्यालिमा संलग्नहरुलाई धन्यवाद दिन BBQ कार्यक्रमको आयोजना गरिएको थियो । उक्त BBQ कार्यक्रमलाइ भने Grace International Education ले प्रायोजन गरेको थियो ।
यसैगरी सिड्नीसम्मका साथीहरुसँग सहकार्य गरी यसरी अभियान संचालन गर्न पाउदा निकै खुसी भएको अनुभव अशोक केसीले सुनाए । र्यालिमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिसकेपछि एडिलेड संयोजक छबि सापकोटाले सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन भएको जानकारी दिएका थिए ।
Leave a Reply