एडिलेडमा पनि ‘लुट २’ को आक्रामक व्यापार

loot-poster२७ फेब्रुवरी २०१७, एडिलेड- विश्वभर निकै राम्रो व्यापार बहुप्रतिक्षित नेपाली चालचित्र ‘लुट २’ ले साउथ अष्ट्रेलियाको मुख्य शहर एडिलेडमा पनि निकै आक्रामक व्यापार गरेको छ । एडिलेडमा आइतवार र सोमबारका लागी निर्धारण गरिएको ‘शो’ हाउसफुल भइसकेकोले आगामी शनिवार (४ मार्च) मा अर्को ‘शो’ पनि देखाइने एडिलेडमा ‘लुट २’ को जिम्मा पाएको नमस्ते नमस्ते का तुङ्ग बानियाले अनलाईन एडिलेडलाई बताए । ४ मार्च को ‘शो’ पछि पनि अर्को ‘शो’ हुनसक्ने प्रवल सम्भावना रहेको नमन्ते नमस्ते अर्का सदस्य चुम गुरुङले बताए ।   बिगतमा नेपाली चलचित्र ‘पुस सेल’ गर्नुपर्ने अवस्था रहेकोमा  ‘लुट २’ का लागि ‘पुस सेल’ गर्दै गर्नु नपरेको वितरकको दाबी छ । 

नेपालमा २ दिनमा ३ करोड आसपासको व्यापार गरेको ‘लुट २’ ले अपेक्षा गरिएअनुसार नै हालसम्मको नेपाली चलचित्रको उच्च व्यापारको रेकर्ड तोड्ने सम्भावना प्रवल रहेको छ ।  निकै रुचाइएको तथा नेपाली चलचित्रको धार नै परिवर्तन गर्न सफल चलचित्र ‘लुट’ को सिक्वेलका रुपमा आएको चलचित्र ‘लुट २’ शुक्रवार विश्वभर रिलिज भएको थियो ।

चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका निकै रुचाइएका कलाकारहरुको दमादार अभिनय रहेको छ । एलिसा राईको आइटम नृत्य रहेको “ठमेल बजार” गीतले हालसम्मको सबैभन्दा बढीपटक युट्युबमा हेरिएको नेपाली गीतको रेकर्ड बनाइसकेको छ ।  चलचित्रलाई निर्देसन निश्चल बस्नेत ले गरेका छन भने माधब वाग्लेले निर्माण गरेका हुन ।

सिड्नीमा भने प्रविधिक गढवढीका कारण एक दिन चलचित्र प्रदरशन ढिला हुन गएको थियो । मेलवर्नको एक नेपाली संचारमाध्यमले यसलाई ‘लुट २’ ले दर्शक ढगेको भन्दै एक समाचार प्रकाशित गरेपछी सामान्य कुरालाई अतिरञ्जित वनाई प्रचार गराएको भन्दै बितरकहरु निकै रुष्ट बनेका थिए ।

Leave a Reply