नेपालमा पर्यटन प्रवर्दन गर्न एडिलेडमा कार र्यालि आयोजना हुदै
१९ फेब्रुवरी २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको मुख्य सहर एडिलेडमा नेपालको पर्यटन प्रवर्दनका निमित्त नेपालका पर्यटन स्थलहरुबारेको जानकारी लेखिएको स्टिकरसहितको कार र्यालि आयोजना हुने भएको छ । अष्ट्रेलियामा नेपाली युवाहरुले भु-कम्पपछिको पुन-निर्माणमा सहयोग होस भनेर कारको पछाडिको सिसामा नेपालसम्बन्धि जानकारि रहेको स्टिकर टाँस्ने अभियान चलाएका छन । र्याली एकदिनमात्र आयोजना हुने भएपनि कारमा रहेको स्टिकर पछिसम्म रहिरहने भएकाले नेपाल भ्रमणमा जान उत्प्रेरित गर्ने सन्देस पछिसम्म कारमा रहिरहने भएकाले बिज्ञापनको यो शैलि प्रभावकारी एवं सस्तो हुने आयोजकहरुको दावी छ ।
यस्तो र्यालि केहि अधि सिड्नीमा सम्पन्न भएसकेको छ भने आगामी आइतबार २६ फेब्रुवरीका दिन एडिलेडमा हुन लागेको हो । र्यालि दिउसो १ बजेबाट कुराल्टा पार्कको कोल्स सुपरमार्केटको पार्किङबाट शुरु हुने बताइएको छ । र्यालिपछि BBQ कार्यक्रमको आयोजना रहेको र उक्त BBQ कार्यक्रमलाइ भने Grace International Education ले प्रायोजन गरकेो बताइएको छ । हालसम्म १७ जनाले यसरी स्टिकर टाँसि र्यालिमा सहभागी हुन प्रतिवद्दता जनाइसकेका छन । यसरी प्रतिबद्दता जनाउनेहरुमा अशोक केसि, प्रजिता गेलाल, उदय पाठक, तुङ्ग बानिया, नविन कडेल, युवराज कडेल, कृष्ण गौतम, जबि अर्याल, गोबिन्द राना, गणेश ओझा, दिपक लामा, छबि सापकोटा, प्रतिष्ठा गौतम, शुशिल कडेल, राधा मल्ल, लोकेन्द्र लिम्बु तथा मिलन दाहाल रहेका छन् । अन्य कोहि इच्छुक भए २५ फेब्रुवरी शनिवारका दिन $130 सहित १० बजेदेखी कुराल्टा पार्क, कोल्सको पार्किङस्थलमा अथवा सोहि दिन दिनको १२:३० बजेदेखी ४ बजेसम्म ४०० चर्चहिल रोडमा गएर स्टिकर लगाइ आइतबारको र्यालिमा सहभागि हुन सकिने छ । एडिलेड अभियानको संयोजन छबि सापकोटाले गरिरहेका छन् ।
यसरी गाडिको पछाडिको भागमा स्टिकर टाँस्न चाहनेले स्टिकरको अष्ट्रेलियन डलर $130 तिर्नुपर्ने हुन्छ । स्टिकरभने अष्ट्रेलियन सडककानुन अनुसार स्विकृत स्तरको रहने आयोजकहरुले बताएका छन् । शुल्क केहि महङ्गो भएको भन्ने गुनासोको प्रतिकृयामा आयोजकका तर्फबाट विष्णु सापकोटाले नेपालका पर्यटन मन्त्रिलाई भेटेको भएपनि केहि सहयोग प्राप्त हुन नसकेको तथा नेपाल सरकारका तर्फबाट अष्ट्रेलियामा प्रसस्त नेपाली पर्यटन दुतहरु नियुक्त गरिएको भएपनि उनिहरु समग्र देशको पर्यटन प्रवर्दन छोडेर आफ्ना व्यावसाय प्रवर्दनमा लागेकाले सर्वसाधारणको तर्फबाट देशका निमित्त सानो पहल गर्न लागिएको जिकिर गरे ।
Leave a Reply