एडिलेड नेपालले शनिवारपनि नृत्य कक्षा संचालन गर्ने

केही महिनाअघिमात्र गठन भएको यो संस्था छोटो समयमा नै निकै लोकप्रिय बनेको छ

adelaide-nepal५ फेब्रुवरी २०१७, एडिलेड- केही महिना अघिमात्र साउथ अष्ट्रेलियाको एडिलेडमा गठन भएको ‘एडिलेड नेपाल’ नामको सामाजीक संस्थाले आइतवार नेपाली नृत्यको कक्षा संचालन गर्दै आइरहेकोमा अबदेखी शनिवारपनि नृत्य-कक्षा संचालन गर्ने बताएको छ । अभिभावक तथा बालबालिकाको ब्यस्ततालाई मध्यनजर गर्दै कक्षा बिस्तार गर्ने जनाएको हो । नेपालका नृत्यमा निकै राम्रो दखल भएका भावना शाक्य तथा रोशिना क्षेत्रीलगायतले बाबबालिकागरुलेई नेपाली नृत्य सिकाउने गरेका छन ।

एडिलेड नेपालले प्रारम्भिक दिनमा नेपाली विद्यार्थीहरुलाई जागीर तथा कोठा खोज्नबाट सामाजीक सेवाका कार्यहरु शुरु गरेकोमा त्यसपछि नेपाली विद्यार्थीहरुलाई तरकारी, चामललगायतका खाद्यान्न वितरण हुदै पछिल्लो समयमा वालवालिकाहरुका लागी नृत्य कक्षा संचालन गर्दै आइरहेको छ । ‘एडिलेड नेपाल’ को जागीर , कोठा खोज्नलगायतका सामाजीक कार्यहरुको सर्वत्र प्रसंशा भएको भएपनि भारतिय रेष्ट्टरेन्ट तथा भारतिय ब्यापारीहरुबाट सहयोग संकलन गरेर नेपालीत्वलाई सस्तो बनाएको तथा विद्यार्थीहरुलाई परावलम्वि बनाउन सक्ने भन्दै बिबादित बनेको थियो । ‘एडिलेड नेपाल’ले  भने नयाँ विद्यार्थीलाई सहयोगको आवश्यकता रहेको भन्दै आफ्नो बचाउ गर्दै आइरहेको छ । 

Leave a Reply