‘व्यावसायमा नैतिकतामाथि जोड दिउँ’ भन्दै अष्ट्रेलियामा सकियो पहिलो राष्ट्रिय उद्यमी सम्मेलन

?

?

५ फेब्रुवरी २०१७, सिड्नी- गैर आवाशिय नेपाली संघ अष्ट्रेलिया र नेपाल विजनेस काउन्सिलको आयोजनामा सिड्नीमा पहिलो राष्ट्रिय उद्यमी सम्मेलन समापन भएको छ ।  न्यु साउथवेल्सका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन संरक्षक ईन्द्रा वन, अष्ट्रेलिया नेपाल विजनेस काउन्सिलका अध्यक्ष मन केसी, एनआरएन ओसियाना क्षेत्रीय संयोजक महेन्द्र लम्साल, एनआरएनका पूर्वअध्यक्ष गोवा कटवाल र कार्यक्रम संयोजक डिला खरेलले संयुक्त रुपमा नेपाल र अष्ट्रेलियाको संयुक्त राष्ट्रिय धुनसँगै गराका थिए । 

टोनु घोतानेले सञ्चालन गरेको कार्यक्रममा गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष शेष घलेसँगै अष्ट्रेलियाका १ दर्जनबढी उद्यमीहरुले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी हुन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोद श्रेष्ठ पहिल्यै अष्ट्रेलिया आइसकेका छन् ।  कार्यक्रम सिड्नीको रिट्ज होटलमा भएको थियो ।

ब्यवसायिक सफलताका उदाहरण बनेका गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष डा शेष घलेले व्यवसाय गर्नेले सबै जोखिम उठाए हुन्छ , तर नैतिकताको जोखिम भने कहिल्यै नउठाउ किनकि जसको क्षतिपुर्ति नहुन पनि सक्छ ‘ भनेका थिए ।

कार्यक्रममा नयाँ व्तावसायीहरुका लागी पुराना व्यावसायीहरुबाट अनुभव आदानप्रदानको हिसाबमा निकै महत्वपुर्ण मानिएको छ । संभवत यस किसिमको यो नै अष्ट्रेलियामा भएको पहिलो सम्मेलन हो ।

Leave a Reply