घदिङ्गको विद्यालयको खेलमैदान बनाउन बोटल फर स्कुलले च्यारिटि डिनर गर्दै
५ फेब्रुवरी २०१७, एडिलेड- घादिङ्गको एक विद्यालयको शौचालय, खानेपानी तथा खेल मैदान निर्माणार्थ ‘बोटल फर स्कुल’ ले ३ मार्च २०१७ मा ‘च्यारिटि डिनर’को आयोजना गर्ने भएको छ । धादिङको मनकामना प्राथमिक विद्यालयको शौचालय, खानेपानी तथा खेल मैदान निर्माणार्थ सहयोग गर्न उक्त कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रम Brighton मा अवस्थित Taste of Himalayan Restaurant मा हुने बताइएको छ ।,
सन् २०१५ मा नेपालमा गएको बिनासकारी भु-कम्पका कारण ढलेको विद्यालयको भवन निर्माणका लागी सकम संकलन गर्नपनि ‘बोटल फर स्कुल’ले सहयोग गरेको थियो । विद्यालय भवनको निर्माणकार्य समाप्त भएको भएपनि विद्यालयमा शौचालय, खानेपानी तथा खेल मैदानको निर्माणकार्य भने बाँकि नै छ । कार्यक्रम साँझ ६ बजेबाट शुरु हुने र प्रवेश शुल्क $५० रहेको छ । $५० मा तीन कोर्ष डिनरको व्यवस्था साथै स्थानिय कलाकारहरुले मनोरञ्जन गराउने आयोजक बोटल फर स्कुलले बताएको छ । कार्यक्रममा सहभागीता जनाई सहयोग गर्न ‘बोटल फर स्कुल’का अध्यक्ष सन्तोष जंग अघिकारीले सबैलाई आग्रह गरेका छन ।
Leave a Reply