‘अष्ट्रेलिया डे परेड’मा सहभागीताका लागी नेपाली समुदायको तयारी तीब्र
२० जनावरी २०१७ एडिलेड, नेपाली समुदायले ‘अष्ट्रेलिया डे परेडका’ लागी आफ्नो तयारी तीब्र पारेको छ । अष्ट्रेलियामा युरोपियन सेटलमेन्टको स्मृतिस्वरुप मनाउन शुरु गरिएको ‘अष्ट्रेलिया डे’ अाजका दिनमा अष्ट्रेलियामा बसोबास गर्ने बिभिन्न जातजातिको मेलमिलाप एव आफ्नो पहिचान र पहुच स्थापना गर्ने दिवशका रुपमा मनाउन थालिएको छ । यो उत्सव हरेक वर्ष जनावरी २६ तारीखको दिनमा मनाउने गरिन्छ । बिगतका केही बर्षहरुदेखी नेपाली समुदायले निरन्तर रुपमा ‘अष्ट्रेलिया डे’ मा सहभागीता जनाउदै आइरहेको छ । यसले नेपाली समुदायको पहिचान एवं पहुचका लागी ठुलो सहयोग गरिरहेको सरोकारवालाहरु बताउछन ।
नेपाली कला-संस्कृति पहिचान र प्रवर्दनका निमित्त यसपाली ‘अष्ट्रेलिया डे परेड’मा कुमारी प्रदर्शन गरिने र त्यसको तयारी गुठी एडिलेडले गरिरहेको आयोजकका तर्फवाट अशोक केसीले बताएका छन । साथै उनले नेपाली राष्ट्रिय एवं जातीय भेष-भुषामा सजिएर कार्यक्रम स्थल (Franklin Street, Victoria Square) मा कार्यक्रम हुने दिन अपराह्न ४ बजे उपस्थित हुन सबैलाई अाग्रह गरेका छन । परेडमा सहभागी हुन नेपाली पोशाक अनिबार्य रहेको आयोजकहरुले बताएका छन । कार्यक्रमको अवलोकन भने जस्तोसुकै पोशाकमा पनि गर्न सकिने छ ।
Leave a Reply