लोसारमा रोज मोक्तान र बुद्दि तामाङले एडिलेड तताउदै
२२ डिसेम्बर २०१६, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा तय भएको लोसार कार्यक्रम तताउन गायक रोज मोक्तान तथा हास्यकलाकार बुद्दि तामाङ एडिलेड आउने आयोजकहरुले बताएका छन् । रोज मोक्तान “कलकत्ते काईयो केस मेरो बाङ्गो…..” जस्ता हिट गीतहरु दिन सफल लोकप्रिय गायक हुन भने बुद्दि तामाङ नेपाल टेलिभिजनको चर्चित हास्य श्रृंखला ‘तितो सत्य’ मा “हैट” का नामले चर्चित हास्यकलाकार हुन । उनले दर्जन चलचित्रमा अभिनय गरिसकेका छन भने उनको पहिचानका लागी उनको नामभन्दा थेगो (हैट) चर्चित छ ।
कार्यक्रम एडिलेड शहरको मुटुमा अवस्थित डोम पोल्स्कि हल (220-232 Angas Street, Adelaide) मा ३० जनावरी २०१७ का दिन अपह्रान्न ४ बजेबाट हुने आयोजकहरुले बताएका छन । अगिल्लो पटकजस्तै यसपटकपनि निशुल्क प्रवेशको साथसाथै निशुल्क खानाको पनि प्रवन्ध रहेको छ । यस वर्ष कार्यक्रममा अग्रिम तयारी गरिएकाले अगिल्लो बर्षभन्दा निकै बढी उपस्थिति रहने अपेक्षा रहेको छ । गत बर्षको लोसारमा करिब ४०० जनाको उपस्थिति रहेको अनुमान गरिएको थियो । कार्यक्रमको MNTV र Nepal Australia News बाट प्रत्यक्ष प्रशारणसमेत हुने बुझिएको छ ।
Leave a Reply