धुर्मुस-सुन्तली एडिलेड आउदै, उनीहरुसँग डिनरको अवशर
२० जनवरी २०१७ , एडिलेड- नेपालमा गएको बिनासकारी भु-कम्पपछीको पुननिर्माणमा महत्वपुर्ण भुमिका निर्बाह गरेका चर्चित हास्यकलाकार धुर्मुस (शिताराम कट्टेल) तथा सुन्तली (कुञ्जना घिमिरे) साउथ अष्ट्रेलियाको एडिलेड शहरमा अागामी जनवरी २६ तारीकका दिन आउने तय भएको छ । बैसाख ११ को बिनासकारी भु-कम्पप्रभावितलाई त्रिपाल र खाद्यान्न वितरणबाट समाजसेवामा प्रवेश गरेका धुर्मुस-सुन्तलीले पहिलो चरणमा चर्पी, दोस्रो चरणमा काभ्रेमा १९ घरको एकिकृत बस्ति हुदै तेस्रो चरणमा सिन्धुपालचोकको गिरान्चौरमा ६७ घरधुरी रहेको अर्को बस्तीको सफल निर्माणपछी चौथो चरणमा महोत्तरीमा मुसहर बस्तीनिर्माणमा कम्मर कसेका उनीहरु रकम संकलनार्थ अष्ट्रेलियाको भ्रमणमा रहेका छन । सिड्नीमा आगामी शनिवार ( जनवरी २१) मा “धुर्मुस-सुन्तली साँझ” कार्यक्रम आयोजना हुदैछ । गिरानचौर वस्तीको निर्माणमा एडिलेडबाटपनि केही महिनाअघि सहयोग रकम संकलन गरी धुर्मुस सुन्तली फाउण्डेसनलाई पठाइएको थियो ।
एडिलेडमा अागामी जनवरी २६ तारीकका दिन Taste of Himalaya रेष्टुरेन्ट Brighton मा साँझ ७ बजेबाट रात्रिभोज कार्यक्रमको आयोजना गरिएको आयोजकका तर्फबाट दिपक लामाले बताए । डिनरका लागी $50 रकम तय गरिएको छ । रेष्टुरेन्ट खर्च कटाएर बाकि रहेको सम्पुर्ण रकम मुसहर बस्ती निर्माणका लागी जाने आयोजकहरुले बताएका छन । भुकम्पपछि पुननिर्माणमा लगनसिलताका साथ काम गर्ने र सम्पुर्ण हिसाबकिताब पारदर्शि रुपमा सार्बजनिक गर्ने गरेका उनीहरुप्रति विश्वभरका नेपालीहरुको सहानुभुति रहेको छ । कार्यक्रमलाई इक्लिप्स इभेन्ट एण्ड ईन्टरटेनमेन्ट, इनास साउथ अष्ट्रेलिया र रेडियो पहिचान ले आयोजना गरेका हुन भने Boomerang International, Expert Education and Visa Services तथा Grace International को सहयोग रहेको बुझिएको छ । कार्यक्रमबारे थप जानकारी चाहिए देहायको नम्बरमा सम्पर्क गर्न सकिने बताइएको छ ।
1. Deepak Lama: 0430 947 794, 2. Ashok: 0457 287 285, 3. Uttam: 0433 565 123, 4: Deepak Bista: 0412 347 905,
5. Sushil: 0414 879 671, 6. Indra: 043 1689 647
कार्यक्रममा सहभागीता जनाई सहयोग गर्न आयोजकहरुले समस्त एडिलेडवासीहरुमा आयोजकहरुले आग्रह गरेका छन ।
Leave a Reply