इनास साउथ अष्ट्रेलिया उपाध्यक्ष सुवास ढुङ्गानाको पहिलो साँगीतिक कोसेली “भिभान”
२२ डिसेम्बर २०१६, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेड शहरमा बस्ने सुवास ढुङ्गानाले उनको पहिलो साँगीतिक कोसेलि श्रोताहरुमाझ लिएर आएका छन । लामो समयदेखि प्रवासमा रहेर नेपाली गीत-सँगीतमा सम्बद्द ढुङ्गाना पहिलो सोलो एल्बम “भिभान” लिएर आएका हुन ।
ढुङ्गाना अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाका उपाध्यक्ष हुन् ।
एल्बमको एक गीतको भिडियो पनि तयार भएको छ । “मनको मान्छे” बोलको गीतको भिडियो तयार भएको हो । चर्चित ढुंगेलको शब्द संयोजन रहेको उक्त गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् भने भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरेको बताइएको छ । सार्बजनिक भएको म्युजिक भिडियोमा मोडल निराजन प्रधान र स्वस्तिमा खड्काको अभिनय रहेको छ ।
Leave a Reply