एडिलेडमा ल्होछार तयारी शुरु
३० अक्टोवर २०१६, एडिलेड- संख्यात्मक हिसावले नेपालीहरुकको उपस्थिति कम रहेको तर सामुदायिक अग्रसरतामा अन्य राज्यहरुसमान रहेको दक्षिण अष्ट्रेलियामा यस वर्षपनि लोसार कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम ३० जनावरी २०१७ का दिन आयोजना हुने आयोजकहरुले बताएपनि स्थानको भने टुङ्गो नलागिसकेको बुझिएको छ । गत बर्षको लोसार नेपाली तथा भुटानी युवाहरुको संयुक्त समुहले आयोजना गरेको थियो भने यसपालीको लोसार भने साउथ अष्ट्रेलियामा विधिवत दर्ता भइसकेको तामाङ समाज अष्ट्रेलियाको ब्यानरमा आयोजना हुने दिपक लामाले दाबी गरे ।
गत बर्षको ल्होसारमा कार्यक्रममा प्रवेश निशुल्क रहेको थियो र भोजनपनि निशुल्क रहेको थियो । बिशेष पेय पदार्थका रुपमा तोङ्वा र बिशेष प्रकारको ब्रेड “खासे” को समेत उपस्थितहरुले निशुल्क मजा लिएका थिए । यसवर्षपनि त्यहिअनुसार तयारी हुदैगरेको स्रोतको दावी छ । गतबर्ष नेपालबाट सांस्कृतिक प्रस्तुति दिन प्रेम लोप्चन तथा ईन्दिरा लामा आएको मा यस बर्ष कोही ल्याइने कि नल्याइने टुङ्को लागिसकेको छैन ।
ल्होसार नेपाल तथा भुटानका बौद्द घर्म अनुयायीहरुको एक प्रमुख चाड हो। ल्होसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन्। यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोलवंशी समुदायले धुमधामका साथ मनाउछन्। यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन्। ल्होसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ।
‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ। जसको अर्थ ‘ल्हो’ अर्थात वर्षवा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ। ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तो : मुसा, गाई, बाघ, बिरालो,गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्षगनिन्छ। यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ।
पछिल्लो समयमा एडिलेडमा नेपालीहरुको उपस्थिति बाक्लिन थालेसँगै नेपाली चाडपर्वहरुलाई यहा धुमधामसँग मनाउन थालिएको छ । करिब दुइ हजारको सँख्यामा नेपालिहरुको सपस्थिति रहेको साउथ अष्ट्रेलियामा दशैं, तिहार, तीज जस्ता महत्वपुर्ण नेपाली चाडवाडहरु धुमधामसँघ मनाइन्छ भने पछिल्लो समयमा ल्होसार, किराती चाडवाडहरु, भानु जयान्ति, नेपाली नयाँ वर्ष लगायतका नेपाली उत्सवहरुपनि मनाउन शुरु गरिसकिएको छ । यसरी नेपाली चाडवाडहरु मनाउदा नव आगन्तुक विद्यार्थीहरुलाई देश छोड्दाको पिडा कम हुने र प्रवासमा नेपाली पहिचान र पहुच बढ्दै जाने आयोजकहरुले दाबी गर्ने गरेका छन् ।
Leave a Reply