तिहारमा देउसीमय बन्दै एडिलेड

dipawali२८ अक्टोबर २०१६, एडिलेड- नेपालीहरुको महान चाड दिपावलीले नेपालीहरुको घर-घरमा प्रवेश गरिरहदा प्रवासमा पनि रमाइलो माहोल बन्दै गइरहेको छ । आज तिहारको पहिलो दिन कागको पुजा गर्दै नेपालीहरुले तिहारको स्वागत गरिसकेका छन । यसैगरी भोली कुकुर, पर्सि लक्ष्मी, त्यसपछि गोरू र भाइको पुजा गर्दै तिहारको समापन हुने गर्दछ ।

मानिस र जनावरप्रतिको अगाघ माया झल्कने पर्ब तिहारमा प्रवासमा नेपालीहरुको संख्या बढेसँगै नेपाली चाडबाडहरुमा रमाइलो हुने क्रम बढेको छ । साउथ अष्ट्रेलियाको मुख्य सहर एडिलेडमा पनि तिहारको आगमन सँगै नेपालीहरुको घर-घरमा बत्तिको झिलिमिलिहरुले प्रवेस पाईसकेको छ । यसपाला एडिलेड देउसीमय बन्ने भएको छ । एडिलेडका छ भन्दा बढी संघ-सस्थाहरुले यसपालीको तीहारमा एडिलेडका नेपालीहरुका घर-घरमा देउसी खेलेर रमाइलो भित्र्याउने भएका छन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया, बोटल फर स्कुल र एडिलेड नेपाली महिला संघले संयुक्त रुपमा, एडिलेड नेपाली समाज, पाठशाला नेपाली विद्यालय लगायतले देउसी खेल्ने बुझिएको छ । 

अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाले शनिवार २९ अक्टोवरबाट चार दिन देउसी खेल्न लागिएको बताएको हो । शनिवार एडिलेडको दक्षिणतिरका सवहर्बहरुमा, आइतवार प्लिम्टन र आसपासका सवहर्बहरुमा, सोमबार उत्तरतिर तथा मंगलवार पुर्वतिर खेलिने इनास सचिवालयले बताएको छ ।

पाठशाला नेपाली विद्यालयले २९ अक्टोबरमा एकदिन देउसी खेल्ने बताएको छ । यसैगरी बोटल फर स्कुल र एडिलेड नेपाली महिला संघ तथा एडिलेड नेपाली समाजलेपनि एक-एक दिन देउसी खेल्न लागेको बुझिएको छ ।

नेपाली कला र संस्कृतिको संरक्षण एवं प्रबर्दन गर्नु आफ्नो संस्थाको उदेश्य रहेका कारण देउसी खेल्नु संस्था उदेश्यभित्र रहेको  अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाका अध्यक्ष बिकाश शर्मा पोखरेलले जिकिर गरे । यसैगरी आफ्ना विद्यालयका वालवालिकालाई नेपाली कला-संस्कृतिवारे जानकारी गराउन देउसी-भैलो खेल्नलागेको पाठशालाका संयोजक नवीन सागरले बताए । बोटल फर स्कुलले भने धादिङको खाल्डे गा. वि. स. मा अवस्थित मनकामना नि. मा. वि. मा अष्ट्रेलियनस्तरको मैदान निर्माणमा सहयोग गरिने संस्थाका सस्थापक अध्यक्ष नारायणकाजी गुरुङले बताए ।

एडिलेड नेपाली समाजले पनि हरेक वर्ष देउसी भैलो खेल्ने गरेको छ । समाजले यसपाली सोमबार ३० अक्टोबरका दिन बिहान १० बजेदेखी साझको ५ बजेसम्म देउसी खेल्ने कार्यक्रम रहेको बुझिएको छ । साँझमा समाजका सदस्यहरुले आ-आफ्ने घरमा रमाईलो गर्ने योजना अनुसार दिनभरमा जति घर भ्याईन्छ त्यति नै घर खेलिने संस्थाकि अध्यक्ष सन्तोषि गौतमले बताइन ।

Leave a Reply