इनासको देउसी-भैलोको सर्बत्र प्रशंसा
५ नोवेम्बर २०१६, एडेलेड, अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) साउथ अस्ट्रेलियाले दिपावली २०७३ को अवशरमा एडेलेड वरपर खेलेको देउसी-भैलो कार्यक्रमको सर्बत्र प्रशंसा भएको छ । इनासले तिहारको उपलक्षमा काग तिहारको दिनदेखी भाइ टिकाको दिन सम्म ४ दिन लगतार देउसी-भैलो खेलेको थियो । नेपाली कला-संस्कृति, भाषा-साहित्य तथा संंगीतको प्रवासमा सम्वर्दन एवं प्रवर्दनमा अहोरात्र खटिइरहेको इनासले स्थपना भएदेखी हरेक नेपाली चाडपर्वहरुको अवसरमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । नेपाली कला, संस्कृति, भाषा-साहित्य तथा संंगीतको प्रवासमा सम्वर्दन एवं प्रवर्दन गर्ने इनासप्रति प्रवासी नेपालीहरुको माया पछिल्लो समयमा बढ्दै गाइरहेको इनास साउथ अष्ट्रेलियाका महासचिव दया पराजुलिले बताए ।
“बिदेशको ब्यस्त जीवनमा ब्यस्तताहरुमाझवाट समय निकालेर नेपाली कला र संस्कृतिका लागि चार-चार दिनसम्म समय ब्यवस्थापन गर्न सक्नु चानचुने कुरा होइन ।” आफुले चाहेरपनि यसपाली एकदिनको समय दिन नसकेको बताउदै अशोक केसिले भने । उनले थपे “यसपाली यस्तै भएपनि अर्को वर्ष भने जसरी पनि समय निकाल्ने छु ।”
आफुले अस्ट्रेलियामा चार-पाच वर्षदेखी लगातार देउसी भैलो खेल्दै आइरहेको भएपनी इनासको जस्तो ब्यवस्थित र नेपाली पाराको देउसी पहिलोपल्ट खेलेको अनुभव बुद्दिजिवी राजेश अधिकारिले अनलाइन एडेलेड्लाइ सुनाए ।
“नेपाली पोशाकमा सजिएर वास्तविक नेपाली देउसी-भैलोले धेरै वर्ष अघिको नेपालको झल्को दियो । यसका लागि सम्पुर्ण देउसी टोलिलाइ धेरै धेरै धन्यवाद । ” एडेलेडको उत्तरतिर बस्ने गोकुल घिमिरेले देउसी खेलिसकेपछी देउसी टोलीसँग भने ।
देउसी-भैलो कार्यक्रममा दया पराजुली र कबिता पराजुलीको दोहोरीले बेग्लै रङ भरेको थियो । उनिहरुको दोहोरीमा कोहिपनि ननाची रहन सकेनन । यसैगरी मन्दिरा रिजालको गायनको पनि सबैले खुलेर प्रशंसा गरे ।
नेपालवाट आउने बुवाआमाले देउसीले गर्दा तिहारमा नेपालमै रहेझै आफुहरुले अनुवभ गरेको बताएका थिए ।
Leave a Reply