अन्तराष्ट्रिय नेपाली कलाकार समाजले एडिलेडमा देउसी-भैलो खेल्दै

animated-diwali-wallpapers-4२७ अक्टोवर २०१६, एडिलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) साउथ अष्ट्रेलियाले एडिलेडमा दिपावली २०७३ सालको उपलक्ष्यमा  देउसी-भैलो खेल्ने भएको छ । शनिवार २९ अक्टोवरबाट देउसी खेल्न लागिएको हो । शनिवार एडिलेडको दक्षिणतिरका सवहर्बहरुमा, आइतवार प्लिम्टन र आसपासका सवहर्बहरुमा, सोमबार उत्तरतिर तथा मंगलवार पुर्वतिर खेलिने इनास सचिवालयले बताएको छ ।

देउसी-भैलो कार्यक्रममा सहभागीहरुले नेपाली पोशाकमा सजिएर देउसी॒-भैलो खेल्ने छन् । कार्यक्रममा नाचगान लगायत नेपाली परम्परागत शैलीमा देउसी खेलिने इनास साउथ अष्ट्रेलियाले बताएको छ । एडिलेड वरपरका नेपालीहरुले आफ्नो घरमा इनासको देउसी-भैलो कार्यक्रमको आयोजना गर्न चाहेमा बिकाश शर्मा पोखरेल (०४०२ ७४० ०७१), दया पराजुली (०४२० ५७० ४३०) अथवा मिलन दाहाल (०४२० ६१० ७६८) मा सम्पर्क गरि बुकिङ गर्न सकिने छ ।

इनास साउथ अष्ट्रेलियाको दिपावलीको सम्पुर्ण कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण Nepal Australia News बाट गरिने छ ।

Leave a Reply