सर्बदा घिमिरे अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको सल्लाहकार नियुक्त

sarbada२७ अक्टोबर २०१६, एडिलेड- एडिलेड नेपाली समाजकि संस्थापक अध्यक्ष सर्बदा धिमिरे अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको सल्लाहकार नियुक्त भएकि छन् । अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाले २६ अक्टोबरका दिन आफ्नो फेसबुक प्रोफाइलमा उक्त कुरा बताएको हो । यसैगरी कबिता पराजुली कार्यकारी सदस्यमा मनोनित भएकि छन् ।

“अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया को सल्लाहकार जस्तो गरिमामय पदमा नियुक्त हुनुभयेकोमा श्री सर्बदा घिमिरे ज्यु र कार्यसमिति सद्स्य पदमा नियुक्त हुनुभयेकोमा श्री कबिता पराजुली ज्यु लाई हार्दिक बधाई दिन चाहन्छौ ।” संस्थाको फेसबुक प्रोफाइलमा भनिएको छ । 

सर्बदा घिमिरे नेपालदेखी नै लोकगीत गाउथिन । युट्युबमा उनका प्रसस्त लोकगीतहरु देख्न सकिन्छ । यसका साथै उनी एडिलेडमा पनि समाजसेवीका रुपमा चिनिन्छिन् । एडिलेड नेपाली समाजकि संस्थापक अध्यक्षसमेत रहेकि घिमिरेको एडिलेड नेपाली समाज स्थापनादेखी नेपाली समुदायलाई एडिलेडमा अन्य समुदायसंग नेपाली समुदायको परिचय स्थापना गर्न गरेको योगदानको सर्बत्र चर्चा हुने गरेको छ ।

Leave a Reply