उडानको यात्रासँगै एडिलेडमा दशैं महोत्सव २०७३ भब्यताका साथ सम्पन्न
४ अक्टोबर २०१६, एडिलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलिया तथा गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलियाको संयुक्त आयोजनामा सोमबार बढा दशैं २०७३ लाई एक सांगीतिक उत्सवको रुपमा मनाउदै दशैं महोत्सव २०७३ भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा सिड्नीबाट अष्ट्रेलियाका गायकहरुको पहिलो गीति एल्बम ‘उडान’ लिएर आएका थिए । उडान समुहमा गायकहरु इश्वर पोखरेल, समीर आचार्य, संजीव पराजूली, नरेन कुलुङ, सुजता उपाध्याय प्रधान तथा मोक्षदा सिलवाल रहेका छन । गीतमा शब्दहरुपनि अष्ट्रेलियामै बसेर नेपाली लेखनमा योगदान दिइरहेका लेखकद्वय निस्प्रभ सजी तथा प्रदिप चापागाईको रहेका छन् ।

कार्यक्रमको प्रारम्भमा पुरोहितबाट शक्तिकि देवी नव दुर्गाको पुजा गरिएको थियो भने उत्तरार्द रोमाञ्चक नृत्यहरु हुदै संगीतमय बनेको थियो । कार्यक्रममा सानो पिँङपनि प्रदर्शनिमा राखिएको थियो । का्र्यक्रममा एडिलेड गायकहरु इनास ग्लोबल महासचिब रामचन्द्र् थापा, इनास साउथ अष्ट्रेलिया उपाध्यक्ष शुभाष ढुङ्गाना लगायतले गायन प्रस्तुत गरेका थिए । आफुलाई ‘झुमी झुमी गर्ल’का रुपमा चिनाउने प्रजीता गेलाललेपनि कार्यक्रममा गाएकि थिइन । यसैगरी एडिलेडका कलाकारहरुको आकर्षक नृत्यले उपस्थितहरुलाई मन्त्रमुग्ध बनाएको थियो । उडानका गायकहरु स्टेजमा निस्कदा दर्शकहरुले गायकहरुको गायकिलाई आफ्नो नृत्यले साथ नदिइ रहन सकेनन् ।
प्रवासमा नेपाली गायकहरु लगानीका कारणमात्र हिट हुन्छन भन्ने भ्रम चिर्ने उदेश्य लिइ ‘उडान’ अभियान शुरु गरेका गायकहरु सिड्नी र एडिलेडमा पाएको दर्शक-श्रोताका मायाका कारण आधा सफलता पाईसकेको बताउछन् । केही महिनाअघि सिड्नीमा एल्बम सार्बजनिक गरेको उक्त समुहले हाल म्युजिक भिडियोको तयारी गरिरहेको छ । ‘उडान’ लाई निरन्तरता दिने सोच रहेको बताउने गायकहरु कला र संगीतलाई निश्वार्थ सेवा गर्ने संस्थाको साथ पाए आफ्नो सोचले साकार रुप लिनेमा विश्वस्त छन् । यदि उनीहरुको सपना साकार हुने हो भने पहिलो एल्बममा सिड्नीका गायक तथा रचनाकार समेटिकोमा, दोस्रो एल्बममा अष्ट्रेलियाभरका गायकका स्वर तथा रचनाहरु समेटिने छन ।
कार्यक्रममा दुइसय पचास बढीको उपस्थिति रहेको थियो भने उपस्थितहरुले राम्रो कार्यक्रममा लागी आयोजकहरुलाई कार्यक्रमस्थलमै धन्यबाद दिएका थिए । दसबजे समापन गर्ने भनिएको उक्त कर्यक्रम दर्शकहरुको उत्साहका कारण एघार बजेसम्म चलेको थियो ।
कार्यक्रममा ‘उडान’ कलाकारहरुलाई इनास साउथ अष्ट्रेलियाले ‘मायाको चिनो ‘ प्रदान गरि बिदा गरेको थियो भने । गैर आवाशिय नेपाली संघ अोशेनिया उप-संयोजक रमेश जोशी र गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया संयोजक नबिन कडेलले इनास अष्ट्रेलियाका निवर्तमान अध्यक्ष रामकृष्ण निरौलालाई ‘मायाको चिनो’ प्रदान गरि इनासलाई यहासम्म ल्याउन उनले खेलेको भुमीकाको कदर गरेका थिए ।
कार्यक्रम संचालन गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया कोषाध्यक्ष तथा इनास अष्ट्रेलियाकि निवर्तमान महासचिव अाकृति बुढाथोकि तथा नेपालमा लामो समय संचारमा काम गरेका ख्यातिप्राप्त उद्घोषक प्रदिप निरौलाले गरेका थिए ।
कार्यक्रमको टाइटल स्पोन्सर Expert Education and Visa Services रहेको थियो भने Grace Education, Buddha Travels and Tours, Pacific International Education, Everest Tours and Travel Point, Finweb Home Loans, Telestra, Baba Education लगायतले स्पोन्सर गरेका थिए । यसैगरी Mount Everest Cafe and Restaurant ले कार्यक्रममा खानाको स्टल राखेको थियो भने सुजन फोटोग्राफि र रन्जन फोटोग्राफिले फोटोमा सहयोग गरेका थिए । कार्यक्रमको मिडिया पर्टनर भने Online Adelaide रहेको थियो । अनलाईन एडिलेडले कार्यक्रमको पछिल्लो भागको प्रत्यक्ष प्रशारणसमेत गरेको थियो ।
Leave a Reply