सिड्नीका नेपाली कलाकारहरुको पहिलो ‘उडान’ एडिलेडतर्फ

udan१३ सेप्टेम्बर २०१६, एडिलेड- सिड्नीका नेपाली संगीतकर्मीहरुको पहिलो संयुक्त प्रयास  ‘उडान गीति समुह’को पहिलो उडान एडिलेडमा हुने तय भएको छ । एडिलेडमा उडानको प्रस्तुति ३ अक्टोबरका लागी तय भएको हो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) साउथ अष्ट्रेलियाले आयोजना गर्न लागेको उक्त कार्यक्रममा गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया, एडिलेड नेपाली समाज, अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया लगायत अन्य संघसस्थाहरुको साथ रहेको छ ।

कार्यक्रम 176 Tynte St, North Adelaide SA 5006 मा अवस्थित नर्थ एडिलेड कम्युनिटि सेन्टरमा हुदैछ । कार्यक्रम साँझ ५ बजेबाट शुरु हुने आयोजकहरुले बताएका छन् ।

अष्ट्रेलियामा रहेर निरन्तर रुपमा नेपाली गीत-सगीत एबं साहित्यको क्षेत्रमा निरन्तर रुपमा महत्वपुर्ण योगदान दिइरहेका आठ युवाहरुको संयुक्त प्रयास हो उडान गीति एल्बम । उडानमा सिड्नीका ईश्वर पोख्रेल,समिर आचार्य, सुजता उपाध्याय, संजिब पराजुलि, नरेन कुलुगं र मोक्षदा सिलवालको स्वर रहेको छ भने  लेखकद्वय निश्प्रभ सजि र प्रदिप चापागांईका शब्दहरु रहेका छन ।  गीति एल्बममा सँगीत भने न्हु बज्राचार्य, आनन्द राइ, अर्जुन पोख्रेल, कल्याण सिंह, राजनराज सिवाकोटि, हेमन्त राना र भानु ढकालको  रहेको छ । 

गत १० सेप्टेम्बरमा सिड्नीको हर्सभिलमा अवस्थित मरना अडिटरियममा सिड्नीमा रहेका नेपाली संगीतप्रेमीहरुका बिचमा एलबम बिमोचन भसकेको छ । एडिलेडपछि उक्त समुह आफ्नो सांगीतिक प्रस्तुतिका लागी ब्रिसबेन तथा मेलवर्न जाने बताइएको छ ।

Leave a Reply