एडिलेडबाट धुर्मुस-सुन्तली फाउण्डेशनलाई एक लाख एकासी हजार संकलन
३१ मे २०१६, एडिलेड- दक्षिण अष्ट्रेलियाको एडिलेड शहरबाट यहा रहेका नेपालीहरुले नेपालमा भुकम्पपिडितहरुको लागी एउटा गाँउको सफल निर्माणपछि दोस्रो गाउँको निर्माणको तयारीमा रहेका नेपाली हास्यकलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र उनकि श्रीमती कुञ्जना घिमिरे (सुन्तली) को सामाजीक संस्था धुर्मुस-सुन्तली फाउण्डेशनका लागी रु एक लाख एकासी हजार पैतिस रुपया संकलन गरेका छन् । उक्त रकम झापाका अर्का हास्यकलाकार राम राजा पोखरेलले एडिलेडवासीको तर्फबाट धुर्मुस-सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेल तथा उनकि श्रीमती कुञ्जना घिमिरेलाई हस्तान्तरण गरेको कुरा संकलन कार्यक्रममा सक्रिय रहेका दिपक लामाले बताएका हुन् ।
केहि समयअघि संगाीतिक समुहसँग अष्ट्रेलिया यात्रामा रहेका राम राजा पोखरेल एडिलेडआएका थिए । लोक गायीका ज्योती मगर, लोक गायक मिलन लामा तथा दोस्रा नेपाली तारा सन्तोष लामाको साथमा ‘नाचौ, गाउ रमाइलो साँझ’ नामको कार्यक्रममा आफ्नो प्रस्तुति दिने क्रममा हास्यकलाकार राम राजा पोखरेल एडिलेडसमेत आएका हुन । त्यहि कार्यक्रमबाट एडिलेडमा ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ का लागी सहयोग उठाउने क्रम शुरु भएको थियो । उक्त संकलित रकममा सबैभन्दा बढी $५०१ (करिब ४० हजार ५ सय ८१) एडिलेडमा बस्ने नेपाली नर्स प्रतिष्ठा गौतमले दिएकी थिइन । यसै गरि अन्य सहयोगीहरुको सुची यस्तो रहेको छ ।
दीपक लामा $२०५
दीलिप पोखरेल $१५१
अशोक के सी $१५०
जंगे टोली बाट $१०५
नरेश खनाल $१०१
बिनिता केसी $१०१
Grace Adelaide $१००
Grace Melbourne$१००
संजय अवाले $१००
संजिब खरेल $१००
अर्जुन भट्टराई $५०
नारायण काजी गुरुड $५०
देबराज कडेल $५०
नर बहादुर मगर $५०
पल्देन लामा $५०
दिल जोशी $४०
चुम गुरूड $३०
काशी राम पौड्ल $२५
बिष्णु तिवरी $२०
नबिन काम्बाड $२०
डिल्ली राम अधिकारी $२०
धर्म लामा $२०
दिपक राउत $२०
नरेन खड्का $२०
संजय ठाकुर $२०
छबि सापकोटा $२०
चकमान बिष्ट $१५
कुमार गुरुड $१०
उक्त रकमसँगै धुर्मुस-सुन्तली फाउण्डेशनको खातामा एक करोडभन्दा बढी रकम जम्मा भएसकेको बताइएको छ । ‘धुर्मुससुन्तली फाउन्डेसन’को खातामा ७४ हजार रुपैयाँ हुदा उनीहरुले करीब ४ करोड अनुमानित बजेटको सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो नमुना एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका थिए । बस्ति निर्माण कार्य घोषणा गरेको एक महिनामा करीब १ करोड १६ लाख जम्मा भइसकेको कुराले भने उनीहरुलाई उत्साहित बनाएको छ । उक्त बस्तिमा ६५ घर बन्ने बताइएको छ । बस्ति निर्माण कार्यक्रममा सहयोग गर्न चाहनेले निम्न खातामा रकम जम्मा गरी सहयोग गर्न सक्नेछन;
Dhurmus Suntali Foundation
Krishi Bikas Bank,Tripureswor
Ac No. 0210601033920020
Swift Code: ADBLNPKAXXX
यसका साथै online बाट https://www.gofundme.com/274vdtqc मा क्लिक गरेर पनि सहयोग गर्न सकिने छ ।

Leave a Reply