एडिलेडमा ‘नेपाल नेसनल डे’ मनाइदै
१३ सेप्टेम्बर २०१६, एडिलेड- तथा नेपाली बाणिज्य दुतावासको आयोजना तथा गैर आवाशिय नेपाली संघ साउथ अष्ट्रेलिया लगायत अन्य सम्पुर्ण संघ-सस्थाहरुको सहयोगमा साउथ अष्ट्रेलियाको एडिलेड शहर मा ‘नेपाल नेसनल डे’ मनाउन लागिएको छ । संविधान दिवसको अवशर पारेर नेपालमा आएको महा विनासकारी भुकम्पपछि खस्केको पर्यटन व्यावसायलाई प्रवर्दन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको यहास्थित महाबाणिज्य दुतावासले जनाएको छ ।
कार्यक्रम २४ सेप्टेम्बरका दिन 176 Tynte St, North Adelaide SA 5006 मा अवस्थित नर्थ एडिलेड कम्युनिटि सेन्टरमा हुन लागेको हो । नेपालको कला, संस्कृति बारे जानकारी दिदै पर्यटनको प्रबर्धन गर्ने उद्देश्यका रहेको उक्त कार्यक्रममा प्रमुख आकर्षकहरु निम्न रहेका छन्:
- बहुसंस्कृतिक झल्कने ” नेपाल फेशन शो “
- नेपालको पर्यटन सम्बन्धि श्रब्य दृश्यहरु
- नेपाली सांस्कृतिक नृत्यहरु
- नेपाली खानाका परिकारहरुको प्रदर्शन
- चित्रकला र नेपाली बिभन्न सामग्रीहरुको प्रदर्शन
कार्यक्रम विदेशि लक्षित रहेकाले धेरैभन्दा धेरै अष्ट्रेलियन लगायत अन्य राष्ट्रियताका मानिसहरुको सहभागीता रहने महाबाणिज्य दुतावासले बताएको छ । कतिपय नेपालीहरुले नै कार्यक्रमको नामबारे अाश्चर्य प्रकट गरिरहदा एडिलेडमा रहेको नेपाल सरकारको अवैतनिक महाबाणिज्य दुतावासले कार्यक्रम नामबारे निकै बहस् गरेर नै उक्त नाम चयन गरिएको प्रष्ट पारेको छ ।
Leave a Reply