उत्तम मोक्तान अब साउथ अष्ट्रेलियाका दर्तावाला योग गुरु
१३ सेप्टेम्बर २०१६, एडिलेड- हिमालयको काखमा जन्मिएर योगाको क्षेत्रमा ‘गिनिज बुक अफ वल्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराउन सफल उत्तम मोक्तान साउथ अष्ट्रेलिया कानुन सम्मत रुपमा दर्ता भएका छन् । उनले अब आधिकारीक रुपमा पेशागत रुपमा अष्ट्रेलियाभर योगा सिकाउन सक्ने छन् । मोक्तान नेपालका मनोक्रान्ति योगा तथा सिदान्तका शुरुवातकर्ता योगी बिकाशानन्दका चेला हुन् ।
मोक्तान शुरुका दिनमा नेपालको पुर्बी भागमा बसोवास गर्ने भुटानी शरणार्थीहरुलाई योगा सिकेउने गर्दथे । सन् २०१२ मा भारतबाट थप शिक्षा लिएका मोक्तानले SVYASA योगा विश्वबिद्यालयबाट योगामा स्नातक गरेका छन भने भारतकै Mysore बाट २०० घन्टा Ashtanga Vinyasa पनि गरेका छन् ।
उनले डिसेम्बर २०१५ मा ५० घण्टा १५ मिनेटसम्म निरन्तर योगा गरेर योगा म्याराथनमा आफ्नो नाम लेखाएका हुन् ।
Leave a Reply