बच्चाले शिक्षकलाई आमासँग ओछ्यानमा देखेपछी पाँचजनाको हत्या
१७ मे २०१६, मध्यप्रदेश (भारत)- हल्लैहल्लाको देश भारतमा बेला-बेलामा अचम्म अचम्मका घटनाहरु घटिरहन्छन । पछिल्लो समयमा भारतको मघ्यप्रदेशमा घटेको एक घटनाले सबैलाई अचम्ममा पारिदिन्छ । उक्त घटनामा चार वालबच्चा सहित आमाको निर्ममतापुर्वक हत्या भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । घरमा प्राइभेट ट्युसन पढाउन आउने एक शिक्षकले यसरी पाँचैजनाको हत्या गरेको बताइएको छ ।
भारतीय प्रहरीका अनुसार अंकुर दीक्षित नाम गरेको एक युवा रीना नामगरेकि पाँचजना बच्चा कि आमाको घरमा ट्युसन पढाउन जान्थे । यसरी जाने क्रममा उनको ति महिलासँग प्रेम सम्बन्ध शुरु भएको थियो । घटना भएको दिन रीनाले फोन गरेर अंकुरलाई आफ्नो घर बोलाउछिन । अंकुरले बच्चाहरुलाई पेप्सीमा निन्द्राको अौषधि हालेर पिलाउछन र बच्चाहरु सुतेपछि उनीहरुबिच यौनलिला शुरु हुन्छ । यसरी यौन सम्पर्क गर्दा गर्दै एक बच्चाको आँखा खुल्छ, अंकुर र रीना मिलेर बच्चाको हत्या गर्छन ।हल्लाखल्ला भएपछि अरु दुइ बालबालिकालको निन्द्रा खुल्छ, उनीहरुको पनि दुइजनाले हत्या गर्छन । त्यसपछि, चौथी बच्चीको पनि निन्द्रा भंग हुन्छ र अंकुर उनलाई पनि मार्न जान्छन् । रीनाले एकजनालाई छोड्दिन गुहार गर्छीन, तब दुबै आमा-छोरीको हत्या गरेर अंकुर बाहिरबाट ताला लगाई भाग्छन ।
प्रहरीले साइबर सेलको मद्दतमा कल रेकर्डिङको अनुसंधानपछि घटनाको रहस्य सार्बजनिक भएको हो । मृतकका परिवार प्रहरीको अनुसंधानबाट खुसी छैनन् । उनीहरुका अनुसार यत्रो घटना एकजनामात्र बाट हुन असम्भव छ, अरुपनि घटनामा समेल हुन सक्छन ।
प्रहरीले हालसम्म हत्यामा प्रयोग भएको २ बटा छुरी बरामद गर्न सकेको छैन भने घरमा लगाईएको ताला को साँचोपनि भेटिएको छैन् ।
Leave a Reply