एकताको सन्देश दिंदै एडिलेडमा ‘नाचौ, गाऔं रमाइलो साँझ’ सम्पन्न (भिडियो)

Nachau Gau१६ मे २०१६, एडिलेड- एडिलेडमा सोमवार ‘नाचौं, गाऔं रमाइलो साँझ’ सम्पन्न भएको छ । कार्यक्रम एडिलेड शहरको २३२ Angas Street मा अवस्थित Dom Polski हलमा भएको हो । कर्यक्रममा नेपाली तथा नेपाली भाषि भुटानीहरुको उपस्थिति रहेको थियो । आफ्नो ग्ल्यामर र हाउभाउका कारण  नेपाली लोक दोहोरी गीतको क्षेत्रमा चर्चामा आइरहने ज्योती मगर कार्यक्रमकि मुख्य आकर्षण रहिन भने उनलाई कार्यक्रममा साथ दिइरहेका  कलाकारहरु मिलन लामा , सन्तोष लामा र राजा राजेन्द्र पोखरेलको प्रस्तुतिपनि बेजोड रह्यो । सन्तोष लामा सन् २००७ का नेपाली तारा हुन भने मिलन लामा लोकप्रिय लोक-गायक हुन् । यसैगरी राजा राजेन्द्र पोखरेलले नेपालका चिनिएका हास्यकलाकार तथा कार्यक्रम प्रस्तोता हुन् ।

सन्तोष लामाका दमादार आवाजबाट शुरु भएको कार्यक्रमको बिच बिचमा आफ्नो

हास्यव्याग्यंको माध्यमबाट दर्शकहरुलाई पेट मिचि मिचि हसाउन सफल देखिन्थे झापाली राजा राजेन्द्र पोखरेल । ‘नेपाली हामी रहुंला कहा, नेपालै नरहे….’ बोलको राष्ट्रवादी गीत लिएर स्टेजमा देखा परेका गायक मिलन लामाले आफ्नो प्रभावशाली प्रस्तुतिका साथमा नेपाली-नेपाली बिच फाटो ल्याउने राजनीतिको फोहोरी खेललाई ‘लुतो’  को संज्ञा दिदै प्रवासमा नेपालको राजनीतिको पुनरावृत्ति हुन नदिन सचेत रहन सबैलाई आग्रह गरेका थिए । यसका साथै प्रवासमा पनि जातियताको फोहोरी खेल खेलेर समाजमा फाटो सिर्जना गर्न खोज्नेहरुलाई व्याग्यं गर्दै उनले भने ” म चितवनको तामाङ हुँ, मेरो त्यो परिचय आफ्नो ठाउँमा छ तर विमानस्थल छोडिसकेपछी म केवल एक नेपाली हुँ । अष्ट्रेलियामा मेरो परिचय मात्र एक नेपालीको हौ । हामी यसरी नेपालीको परिचय लिएर अघि बढ्न सके झाँगिन्छौं जातीयताको झण्डा लिइ हिड्न खोजे ठिगुरिन्छौं मात्र ।” उनको यस्तो विचारको सबैले सह्राना गरेका थिए । ‘माझिदाई पोखरा फेवातालको……’ लगायतका उनका लोकप्रिय गीतहरुमा दर्शकहरुले मन खोलेर नाचेर साथ दिएका थिए ।

त्यसपछि युवाहरुको पर्खाइ, ग्ल्यामर हाउभाउमा स्टेजमा ज्योती मगर निक्लिएपछि स्टेजमुन्तिर युवाहरुको उपस्थिति ह्वात्तै बढेको थियो । ज्योतिको  ‘सेक्सी’ हाउभाउको साथमा ‘पिरतीमा दम छ…….’ वोलको गीतपछि एडिलेडमा शुरु हुदै गरेको जाडोमा ‘डोम पोल्सकि’ हलको तापक्रम बढ्न थालेको थियो ।  ज्योतिका केही एकल प्रस्तुतिपछि मिलन लामा र ज्योतिको दोहोरीले दर्शकहरुलाई राम्रैसँग नचाएको थियो ।

एडिलेडमा कार्यक्रमहरुको बर्षा भएरहेको समयमा पनि एडिलेडबासीहरुको राम्रै साथ पाएर आयोजकहरु खुसी देखिन्थे । ‘ भरपुर नाचियो , गाइयो ,रमाईलो गरियो । पहिलेको पुरानो ढर्रा (कार्यक्रमभन्दा विरक्तलाग्दो भाषण बढी) भन्दा माथि उठेर कार्यक्रम सम्पन्न गरियो, धेरै उपस्थितहरुबाट धन्याबाद खाईयो । हामी आयोजकहरु त आसाध्यै खुशी भयौ सबै सहभागीहरुलाई मुरीमुरी धन्याबाद आईदिनु भयो र मिलियन मिलियन धन्याबाद हाम्रो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने फाइनान्सियल स्पोन्सरलाई विशेष धन्यबाद ।’ आयोजकमध्येका एक दिपक लामाले खुसी साट्दै भने ।

Leave a Reply