एडिलेडमा भुटानी समुदायले आफ्नो आठौं ‘बसोबास दिवस’ मनाउदै

Bhutanese1१७ मे २०१६, एडिलेड (मिलन दाहाल)- एडिलेडबासी भुटानी समुदायले अष्ट्रेलियामा आफ्नो बसिबास शुरु भएको आठौं बार्षिकी मनाउदै छ । भुट्नीज अष्ट्रेलियन एसोसिएसन अफ साउथ अष्ट्रेलिया (बासा) ले २१ मे शनिबारका दिन हुन लागेको उक्त उत्सवमा उपस्थित हुन सबैलाई आग्रह गरेको छ । कार्यक्रम ६२ Athol Street, Athol Park SA 5012 मा दिनको १२ बजेबाट शुरु हुने बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुन चाहने भुटानी समुदायका सदस्यहरुलाई नि:शुल्क यातायातको ब्यवस्थापनि गरिएको छ । निशुल्क यातायात  १० Church Street, Salisbury SA 5108 मा अवस्थित St John Church मा ९:३० बजे देखी ११.१५ बजेसम्म उपलब्ध हुनेछ । 

Bhutaneseनेपालको कठिन शरणार्थी जीवनपछि अष्ट्रेलियामा सहज र सम्मानित जीवन शुरुवात भएको खुशियालीमा भुटानी समुदायले हरेक बर्ष यो दिनलाई महोत्सवका रुपमा मनाउने गरेको छ । UNHCR, नेपाल सरकार तथा अष्ट्रेलियन सरकार बिच सहमति भएपछि सन् २००८ मा नेपालका विभिन्न शिविरहरुमा अत्यन्त कठिन शरणार्थी जीवन व्यथित गरिरहेका नेपाली-भाषि भुटानीहरुको अष्ट्रेलियामा बसोबास शुरु भएको थियो । सन् २००१ को तथ्यांक अनुसार  भुटानमा जन्मिएका जम्मा ६३ जनामात्र अष्ट्रेलियामा रहेका थिए । तर  सन् २००८ यता पुन:स्थापनाअन्तर्गत करिब २,५००  नेपालीभाषी भुटानीहरु दक्षिण अष्ट्रेलियामा बसोबास गर्न थालेको देखिन्छ ।

अष्ट्रेलियामा पुन:स्थापना हुनुअधि नेपालको सुदुर पुर्वमा रहेका शरणार्थी शिविरहरुमा करिब १०६,००० शरणार्थीहरु रहेको तथ्यांकले देखाएको छ । उनीहरु १८ औं शताब्दीको अन्त्यतिर वा १९ औं शताब्दिको शुरुवाततिर सुखी जीवनको खोजीमा नेपालबाट भुटान बसाँइ सरी गएका भुटानको दक्षिणी तटमा बसोबास गर्ने नेपालीहरुको सन्तान हुन् । नेपालमा रहेका क्याम्पहरु बसोबासयोग्य नै रहेको तथा खानेपानीको राम्रै व्यवस्था भएको भएपनि परिवारको सद्स्यसंख्या धेरै रहेको हुदा व्याक्तिगत जीवन, पढाई-लेखाइ र ब्याक्तिगत प्रगतीमा निकै कठिनाई रहेको थियो ।

सन् १९५० देखी बसाई सरी भुटान आएका नेपालीहरुलाई त्यहिको नागरिकता दिन थालियो ।  नेपालीहरुको संख्या भुटानमा प्रचुरमात्रमा बढ्न थाल्यो र भुटानको कुल जनसंख्याको करीब एक तिहाई नेपालीहरु हुन पुगे । यसलाई भुटान सरकारले राष्ट्रिय एकतामा चुनौतिका रुपमा देख्न थाल्यो ।  त्यसपछि सन् १९७० र १९८० को बिचमा भुटान सरकारले भुटानको सांस्कृतिक पहिचान जोगाउन बीभिन्न कानुनहरु बनायो । प्राकृतिक श्रोत-साधन पर्याप्त भएको सरकारले खुला बोर्डर, बढी जनसंख्या भएको छिमेकि आफ्नो निशुल्क शिक्षा र स्वास्थ सुविधामा पनि चुनौती हुने देख्यो । राजा जिम्मे सिम्मे बाङ्चुकले भुटानको छुट्टै सांस्कृतिक पहिचान जोगाउन भन्दै सार्वजनिक स्थानमा राष्ट्रिय पोशाक लगाउनैपर्ने नियम लागु गर्यो र सन् १९८९ देखी विद्यालयहरुमा नेपाली भाषाको पढाइ बन्द गर्दै “जोङ्खा” भनिने त्यहाको स्थानिय भाषालाई राष्ट्रिय भाषा घोषणा गरी उक्त भाषा सिक्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिदियो । त्यसमाथि सन् १९५८ भन्दा अघिदेखी भुटानमा बसेको प्रमाण देखाउन नसक्नेहरुलाई ‘गैरकानुनी आप्रबासी’ घोषना गर्यो । त्यपछि दक्षिणी भुटानमा बस्ने नेपाली-भाषी तथा बाकी भुटानीहरुका बिचमा युद्दको अवस्था सिर्जना हुन गयो । त्यसपछि एक लाख बढी नेपाली भाषी भूटानीहरु खेदिए र उनीहरुलाई भारतले ट्रकमा नेपालको पुर्वी सिमामा लगेर छोडिदियो, त्यसपछि उनीहरु नेपालको पुर्वमा बिभिन्न ठाउँमा सात क्याम्पहरुमा बस्न थाले ।

त्यपछि नेपाल र भुटानका बिचमा उक्त समस्या समाधान गर्न बिभिन्न चरणमा वार्ताहरु भए, तर कुनैले पनि समाधान निकाल्न नसकेपछी संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धि उच्च आयोग (UNHCR) ले तेस्रो राष्ट्रमा पु:स्थापनाबारे तयारी गर्न थाल्यो । फलस्वरुप, नेपालमा शरणार्थीका रुपमा जीवन बिताइरहेका नेपाली भाषी भुटानीहरुले एउटा नयाँ राष्ट्रियता पाए, र जीवनमा प्रगतीको ढोका खोले । अाज अष्ट्रेलियामा बस्ने नेपाली-भाषी भुटानीहरुो हृदयमा यी तिनै राष्ट्रहरुप्रति उत्तिकै सम्मान र माया छ । आफु जन्मेको भुटान, एक दशक बढी समय बिताएको नेपाल र आफ्नो कर्मभूमी अष्ट्रेलिया । यि तिनै नेपालीभाषी भुटानीहरुका लागी त्यत्तिकै प्रिय छ ।

आफु २२ दिनको हुदा निर्बासिएकि सिता शर्मा १० कक्षामा पढ्दै गर्दा अष्ट्रेलिया अाइन, सम्मानित नागरीकको दर्जामा । अष्ट्रेलियन नागरीकका रुपमा नेपाल घुन्न गएकि सिता, आफु जन्मेको भूमी नहेरी रहन सकिनन् र बाबुआमाको निषेध गर्दापनि पहिचान बदलेर भुटान छिरिन । आज खुसी हुदै भन्छिन, ‘भुटानमा जन्मिएँ, नेपालमा हुर्किएँ, अस्ट्रेलियामा मर्नेछु, सायद। यी तीनटै देशको माया लाग्छ।’ (नागरीकबाट) हाल उनी अष्ट्रेलियाको एक सम्मानित पेशा ‘नर्श’ हुने तर्खरमा छिन् ।

यसै गरी लक्ष्मण एकल उदाशीले केही हप्ताअधिमात्र एडिलेडको साल्सवरीमा एक ठुलो जमघटका बिचमा ‘एकल गजल बाचन’ कार्यक्रममात्र गरेनन् आफ्नो गजल संग्रह “सपनाको छाँया” समेत बिमोचन गरे । कार्यक्रममा नेपाली एबं नेपाली भाषी भुटानीहरुले खचाखच भरिएको थियो । उनी एक राम्रा गायक पनि हुन ।

यसैगरी नेपाली-भाषी भुटानीहरु प्रतिभाहरुलाई प्रस्फुटन हुन अवशर, हौसला तथा सहयोग गर्ने हरु थुप्रै छन समुदायमा । ति मध्ये नलिइ नहुने केही नामहरु हुन कमल दाहाल, शुशिल निरौला र तिलचन्द सापकोटा ।

नेपाली भाषा-साहित्य, नेपाली गीत संगीत र नेपालीपनको संरक्षणमा एडिलेडमा आज भुटानी समुदायको योगदान अतुलनीय छ । साथै ब्याक्तिगत बिकाशमार्फत समुदायलाई समेत एउटा उचाईमा लैजाने दिशामा प्रयासरत छन ति मिहिनेती हातहरु । हृदयभरीको सम्मान अनि असिमीत प्रगतिको लागी शुभकामना ति धेरै ठक्कर खाएरपनि हार्न नजानेका योद्दाहरुलाई ।

Leave a Reply