मोर्चाभित्र किचलो तीब्र, सिंहदरबार धेराउ आंशिक सफल

andolan१५ मे २०१६, काठमाण्डौ- मोफसलको आन्दोलनबाट उपलब्धि हासिल गर्न नसकिएको भन्दै काठमाण्डौकेन्द्रित आन्दोलनमा तम्सिएको मधेसी मोर्चाको आजको कार्यक्रम निकै फितलो भएको छ । कार्यक्रमको आंशिक प्रभावका कारण यातायात आवागमनमा सास्ति हुनगई सर्वसाधारण जनताले सामान्य समस्या भोग्नु भने परेको थियो । मोर्चाले भनेजसरी जनता सडकमा नआइदिएका कारण आन्दोलन असफल बन्न पुगेको हो ।

मधेस आन्दोलनपछि गरिएको दोस्रो चरणको आन्दोलनमा उल्लेख्य रुपमा गठबन्धनको एक घटक संयुक्त लोकतान्त्रिक मोर्चाका कार्यकर्ताहरु उल्लेख्य रुपमा काठमाडौंमा उत्रने छन् भन्ने आँकलनका साथ प्रहरीले व्यापक तयारी गरेको थियो । फिल्डमा दुई एसपीको कमाण्डमा सशस्त्र र जनपद गरी २५ सय प्रहरी खटाएको थियो । प्रहरीभन्दा निक्कै कम संख्यामा सडकमा देखिएका आन्दोलनकारीहरु एक दुइ पटक प्रहरीसँग आमने सामने भएर पछि हटेका थिए । 

यसरी जनताले उनिहरुलाई नपत्याउनुका पछाडि उनिहरुको मागमा जनताको समर्थन छैन भन्ने एकातिरबाट देखिन्छ भने यति थोरै संख्यामा किन कार्यकर्ता सडकमा देखिए भन्ने प्रश्नको जवाफमा मोर्चाभित्रैको बिबाद भन्ने जवाफ एक बिश्लेषकले दिएका छन । आन्दोलनको कार्यक्रम शुरु हुनअघि नै गठबन्धनमा असन्तुष्टि शुरु भइसकेको थियो । सद्भावना पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले गठबन्धनको बैठकलाई बहिस्कार नै गर्दै आइरहेका थिए भने वैशाख ३१ गते आन्दोलनको पूर्वसन्ध्या गठबन्धनको पत्रकारसम्मेलनमा दुवै पार्टीका नेताहरु उपस्थित भएर ‘कुनै विवाद छैन’ भन्ने भ्याएपनि आजको कार्यक्रममा विवादको झल्को पुनः देखिएको छ ।

गठबन्धनका संयोजक उपेन्द्र यादवको कमाण्डमा माइतीघर क्षेत्र रहेको छ भने राजेन्द्र महतोको कमाण्डमा हनुमानथान क्षेत्र रहेको छ । यादवको कमाण्डमा रहेको क्षेत्रमा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ भने महतोको क्षेत्रमा २ सयको हराहारीमा मात्र कार्यकर्ताहरु रहेका छन् । यादवले झापादेखि कैलालीसम्मका आफ्ना कार्यकर्ताहरुलाई आजको कार्यक्रममा उपस्थित गराएका छन् । तर, महतोको कमाण्डमा रहेको क्षेत्रमा पार्टीका सक्रिय केही नेताबाहेक अन्य कार्यकर्ताको उपस्थिति छैन । महतोले आजैको कार्यक्रमलाई भनेर तयार गरेको २ हजारको हाराहारीमा रहेको  झण्डा उनकै पार्टी कार्यालयमा थन्किएको उनकै एक कार्यकर्ताले बताए ।

 

Leave a Reply