‘नाचौ, गाऔं रमाइलो साँझ’ को तयारी पुरा, ज्योती मगरलगायतका कलाकार एडिलेडमा

jyoti

ज्योती मगर लगायतका कलाकारलाई स्वागत गर्दै ‘नाचौं, गाउ रमाइलो साँझ’ आयोजकहरु

१५ मे २०१६, एडिलेड- एडिलेडमा भब्यताका साथ सम्पन्न हुने भनेर आयोजकहरुले दाबी गरेको कार्यक्रम ‘नाचौ, गाऔं रमाइलो साँझ २०७३’ को तयारी पुरा भएको आयोजकहरुले बताएका छन् । आजै साँझ कार्यक्रममा प्रस्तुति दिन ज्योती मगरलगायतका कलाकार एडिलेडमा आइसकेका छन् । आफ्नो ग्ल्यामर र हाउभाउका कारण  नेपाली लोक दोहोरी गीतको क्षेत्रमा चर्चामा आइरहने ज्योती मगर कार्यक्रमकि मुख्य आकर्षण हुन भने उनलाई कार्यक्रममा साथ दिइरहेका छन कलाकार हरु मिलन लामा , सन्तोष लामा र राजा राजेन्द्र पोखरेलले । सन्तोष लामा सन् २००७ का नेपाली तारा हुन भने मिलन लामा लोकप्रिय लोक-गायक हुन् । यसैगरी राजा राजेन्द्र पोखरेलले नेपालका चिनिएका हास्यकलाकार तथा कार्यक्रम प्रस्तोता हुन् ।

कार्यक्रम भोली साँझ ५:३० बजेबाट 232 Angus Street, Adelaide मा अवस्थित Dom Polski हलमा  हुदैछ । कार्यक्रमको प्रवेशशुल्क $२५ रहेको छ ।

Leave a Reply