एनसेल करछलि विरुद्द अझ शसक्त अभियान चालिने: गगन थापा

ncell१५ मे २०१६, एडिलेड- नेपालमा दुरसंचार सेवा प्रादायक संस्था “एनसेल” का विरुद्द अझ शसक्त अभियान चालिने बुझिएको छ । स्विडिस कम्पनी टेलिसोनेरीयाले एनसेलको स्वामित्व बिक्रि गर्दा नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाएको थिएन । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकास शर्मालगायत झापाका ४० युवाले झापाबाट ‘दवाव अभियान’ शुरु गरेपछि तिर्नुपर्ने कुल २२ अरबमध्येबाट करीब १० अर्ब कर तिरेको थियो भने बाँकि करका बारेमा हालसम्म आधिकारीक धारणा सार्बजनिक गरेको छैन । नेपाल सरकारबाट अबिलम्ब कर तिर्न पत्राचार भएपछि उसले नेपाल सरकारका उच्च तहका  कर्मचारी एवं राजनितिज्ञहरुले नै कर नतिर्न सुझाएको बताएको थियो ।

आज काठमाण्डौमा भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका अर्का युवानेता गगन थापाले कर छली प्रकरणको सम्वन्धमा संसद भित्र र संसद बाहिर चलिरहेको अभियानलाई संयोजन गर्दै र अझै सशक्त बनाउदैं अगाडि बढ्ने निष्कर्षमा पुगेको बताएका छन । कस्तोखाले अभियान चाल्ने यसबारेमा उनले केहि बताएका छैनन् साथै एनसेललाई कर नतिर्न सुझाउने कर्मचारी तथा राजनितिज्ञहरुको खोजी एवं कारबाहिबारे भने उनले केही बताएनन् । सर्वसाधारणले भने एनसेललाई कर नतिर्न सुझाउने कर्मचारी तथा राजनितिज्ञहरुको खोजी एवं कारबाहि हुनुपर्ने माग राख्दै आएका छन ।

Leave a Reply