नेपाली सेना नेपालको राष्ट्रिय सेना हो कि भारतिय ‘रहिस’हरुको बर्डिगार्ड?

karnel

सामान्य भारतीय नायीकाको सुरक्षामा रमाउदै नेपाली सेनाका कर्नेल

१५ मे २०१६, काठमाण्डौं- हिजोको कान्तिपुरको फ्रन्ट पेजमा एउटा समाचार छापियो, जसबारे हरेक विवेकशिल नेपालीले सोच्नैपर्ने देखियो । उक्त समाचारको हेडलाइन थियो ‘ नायीकाको स्वागत गर्न सेनाका जर्नेल’ र तस्विरमा नेपाली सेनाका जर्नेलले भारतीय एक नायीकाको सुरक्षा दिइरहेका थिए । शनिबार सैनिक श्रीमती संघले आयोजना गरेको एउटा च्यारिटी कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेर स्वागत गरेका थिए ।

देशको सीमा मिचिदा सीमामा खटिन अग्रशरता नदेखाउने, आन्दोलनताका हुनेगरेका राजमार्ग अवरोधका बेला राजमार्गमा खटिन आनाकानी गर्ने सेना एउटी सामान्य भारतीय नायिका नेपाल आउदा सुरक्षामा खटिनुले नेपाली सेना नेपालको राष्ट्रिय सुरक्षाका लागी नभएर भारतीय रहीसहरुको ‘गार्ड’का रुपमा आफुलाई चित्रित गरेको टिप्पणी हुनथालेको छ ।

सुरक्षा मामिलाका जानकारले यो कार्यलाई सेनाको ‘प्रतिष्ठा घटाउने’ र ‘मनोबल गिराउने’ भनी टिप्पणी गरेका छन् । एक पूर्वउपरथीका अनुसार कन्सर्टमा भाग लिन आएकी भारतीय अभिनेत्रीलाई विशिष्ट सैनिक अधिकारीले स्वागत गर्नु र उनीहरूको कन्सर्टमा व्यापक मात्रामा सैनिक परिचालन गरी अधिकृतहरूसमेत संलग्न हुनु सैनिक ऐनको उल्लंघन हो । ‘ऐनलाई नै नमानेर सेनाको तर्फबाट यस्तो कार्य हुनु सम्मानित संस्थाको बदनामीसमेत हो,’ ती पूर्वउपरथीले भने, ‘यस्तो क्रियाकलाप गर्दा सेनाको संवेदनशीलता र गरिमालाई ख्याल गर्नुपर्छ । आन्तरिक र बाह्य सुरक्षामा महत्त्वपूर्ण ध्यान दिनुपर्ने सेना यस्ता काममा अलमलिनु उचित होइन ।’

संघले २०७१ सालमा पनि भारतीय गायक मोहित चौहानलाई ल्याएर कन्सर्ट गर्दा ठूलो मात्रामा सैनिकको प्रयोग भएको थियो । त्रिभुवन विमानस्थलको बाहिरी सुरक्षाको काम सेनाको हो, तर भित्री सुरक्षा र आगन्तुकलाई नेपाल प्रहरीले सुरक्षा दिन्छ । एक नायिका आउँदा सेनाका अधिकारीहरू नै स्वागत गर्न पुगेकोमा विमानस्थलमा खटिएका प्रहरी अधिकारीले समेत आश्चर्य व्यक्त गरे ।

नेपालका ख्यातिप्राप्त नायक राजेस हमालले पनि आफुलाई हिनताबोध भएको टिप्पणी फेसबुकमार्फत गरेका छन । हमालले आफ्नो फेसबुक पेजमा सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको बताएका हुन। उनले लेखेका छन्, ‘नेपाली सेना देशको गौरव हो । तर यो समाचार बढेपछि देशको एउटा नागरिकका रुपमा मेरो गौरव चकनाचुर भएको छ,’ उनले भनेका छन्, ‘देशको एउटा विनम्र कलाकारका रूपमा मैले हिनतावोध गरेँ । यदि उनीहरुलाई विदेशबाट आएका कलाकारलाई स्वागत गर्नु नै थियो भने सादा पोशाकमा गर्न सक्थे ।’

नेपाली सीमाक्षेत्रमा भारतले करिब ५० हजार सीमा सुरक्षा बल खटाएको छ भने नेपालका केबल ५ हजार स-सस्त्र प्रहरीले सीमाको सुरक्षा दिइरहेका छन । यसका कारण भारतीयपक्षले सीमा स्तम्भ उखेल्दै नेपालतर्फ सार्नेगरेको छ । यसरी सीमा मिचिदा करिब ६० हजार हेक्टर जमिन नेपालले गुमाईसकेको छ । नेपाली सेनाले यसबारेमा न त केही बोलेको छ, न सीमामा खटिन अग्रसरता नै देखाएको छ । करीब १ लाख २५ हजारको संख्यामा रहेका नेपाली सेनामध्ये केही राष्ट्रिय बिपत्तिका समयमा मात्र काम आउने गरेका छन । बाँकि समय उनिहरुले केही नगरी क्याम्पमा बिताउने गरेका छन ।

Leave a Reply