डिजे ‘रोज’ ले एडिलेड नचाउदै

९ मार्च २०१६, एडिलेड– एडिलेडका लोकल नेपाली डिजे रोजले नेपाली नयांवर्ष २०७३ को अवशरमा नेपालीहरुलाई नचाउने भएका छन् । केही बर्षअघिदेखी नेपाली नयां बर्षमा क्रुज पार्टीको आयोजना गरिरहेको ‘दिपक लामा समुह’ ले कार्यक्रम आयोजनाको अभ्यास नयां पिढीलाई गराउने उदेश्यले कार्यक्रम आयोजनाको जिम्मेवारी ‘नयां पुस्ता’लाई हस्तान्तरण गरेको बताएको छ । कार्यक्रम नयां बर्षको पुर्वसंध्यामा अर्थात १२ मार्चका दिन Shotz Bar मा हुदैछ । कर्यक्रमलाई ‘एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेज’ले प्रायोजन गरेको छ ।

कार्यक्रम आयोजनाको सम्पुर्ण जिम्मेवारी छेदा लामा, शंकर गुरुङलगायतका युवाले लिएका छन भने उनीहरुलाई साथ दिनेछन नेपाली ‘डिजे’ रोजले । कार्यक्रमको भेन्यु छनौट, कार्यक्रम आयोजनालगायतमा सहयोग गरिरहेका दिपक लामाले भने- “ नयां पुस्ताको रोजाई हाम्रोभन्दा निक्कै पृथक छ। कत्तिपय हाम्रा सुझावहरु उनिहरुका लागी अनुपयुक्त हुन थलिसकेछन् ।“

हामीले प्रवासमा नेपाली तौर तरीकालेमात्र अधि बढ्न पक्कै सकिन्न । त्यसमा युवापुस्ताका लागी अधुनिकिकरण अपरीहार्य भैसकेको अवस्थामा कार्यक्रममा ‘टिनएजर’ को राम्रै उपस्थिति रहने विश्वास गरिएको छ । “नयां पुस्तालाई सहयोग गर्नै पर्यो, आफु जाने नजानै ठेगान छैन । गइहालेपनि हाम्रालागी त्यसमा खासै रस छैन । युवाहरु बरु हाम्रो अनुपस्थितिमा खुलेर नाच्छन ।“ नेपाली समुदायका अग्रज गोविन्द रानाले अनलाइन एडेलेडसँग भने ।

गत बर्षको क्रुज पर्टिमा नेपाली तथा भुटानी समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने ‘रेसम फिलिलि’ चलचित्रको ‘जालमा’ भन्ने गीतमा क्रुजमा उपस्थित सबै झुमेका थिए ।

Leave a Reply