नाच्दै मनायो एडिलेडले नेपाली नयां बर्ष

१७ अप्रिल २०१६, एडिलेड (मिलन दाहाल)- देश भनेको भुगोल हो, जनता हुन र संस्कृति हो । आजको २१ औं शताब्दिमा कुनैपनि देश भुगोलको सीमानाभित्रमात्र सिमित नरहेर विश्वभर फैलिन थालिसकेको छ । जहा जहा देशवासि रहन्छन्, त्यहि एउटा सानो देश बनिसकेको हुन्छ र जनताले त्यहिं आफ्नो संस्कृतिहरु, रीतिरिवाज र चाडपर्वहरु मनाउन थाल्छन् । दक्षिण अष्ट्रेलियाको राजधानी शहर एडिलेड संख्यात्मक हिसाबमा नेपालीहरुको संख्या त्यति धेरै नभएको ठाँउ हो, तर नेपालीहरुको प्रभाव भने कम छैन्, जुन हरेक दिन बढ्दो छ । प्रायजसो नेपालीहरु मिलेर हरेक नेपाली चाडपर्वहरु यहां मनाउन थालिएको छ र नेपालीहरुको पहिचान र पहुच अरु बढाउन मन्त्रिस्तरीय निमन्त्रणाहरु समेत धेरै हुने गरेका छन् । नयां नेपाली वर्ष २०७३ को अवशरमा मात्र एडिलेडमा तीन ठुलाखाले कार्यक्रमहरु आयोजना भए । करिब २००० को संख्यामा रहेका नेपाली समुदायबाट कुनै एक उत्सवमा तीनवटा यस्ताखाले कार्यक्रमहरु आयोजना हुनु चानचुने कुरा भने होइन् ।

के के भए त यस नयां बर्षमा एडिलेडमा ?

११ अप्रिल २०१६, शुभकामना कार्यक्रम 

११ अप्रिल २०१६, सोमावार साँझ ‘वकरभिल’स्थित चेन्नइ प्यालेस रेष्टुरेन्टमा नेपाली नव बर्ष २०७३ को अवशरमा एक डिनर कार्यक्रमको आयोजना गरियो जसमा प्रमुख अतिथि रहिन ‘मल्टिकल्चरल एसए’ कि प्रमुख ‘ग्रेस पोर्टोलेसि’ रहेकि थिइन । २६ जुन १९६८ मा जन्मिएकि ‘ग्रेस पोर्टोलेसि’ ले दक्षिण अष्ट्रेलियाको संसदमा सन् २००६ देखी २०१४ सम्म अष्ट्रेलियन लेबर पार्टिको तर्फबाट प्रतिनिधित्व गरिसकेकि छन् । सन् २०१० मा ‘एवोरिजिनल मामिला तथा मेलमिलाप’,  ‘वहुसंस्कृतिक मामिला’ तथा ‘युवा तथा स्वयमसेवक’ मन्त्रि बनेकि ग्रेस सन् २०११ मा  ‘शिक्षा तथा वालबिकाश’ मन्त्रि बनिन । सन् २०१३ मा फेरि उनी ‘रोजगार’, ‘उच्च शिक्षा एवं शिप’, ‘विज्ञान तथा संचार अर्थ’, तथा ‘ कार्यकारिणि समिति सदस्य’ समेत बनिसकेकि छन् ।

ग्रेसले उपस्थित सम्पुर्ण नेपाली समुदायसँग ब्याक्तिगत परिचय गरिसकेपछि प्रगतिशिल नेपली समुदायको नयाँबर्षको पुर्व संध्यामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि हुन पाउदा आफुलाइ गर्व लागेको कुरा बताइन । अष्ट्रेलियामा पहिलो ट्रुपमा गोर्खालीपनि आएको सम्झन भ्याएकि ग्रेसले सम्पुर्ण नेपालीहरुलाई नयाँबर्षको शुभकामना दिएकि थिइन । अर्का नेपाल र नेपालीलाइ राम्ररी बुझेका अतिथि भारतीय गोरखा राईफल्समा लामो समय काम गरेका बिक्रमआनन्दले धेरै संघसंस्था हुनु राम्रो भएपनि राष्ट्रियताको बिषयमा एक हुन सुझाव दिदै नयाँबर्षको शुभकामना दिएका थिए । ग्रेससँग सबैको परिचय दक्षिण अष्ट्रेलियाका लागी नेपाल सरकारका अवैतानिक वाणिज्यदुत दिपक धमलाले गराएका थिए । आयोजकका तर्फबाट एनआरएन निर्वाचनमा पराजित भएरपनि समुदायको पहिचान र पहुच विस्तारमा विश्राम नलिएका गोबिन्द राणाले आतिथ्य स्विकार गरेर आएका सम्पुर्ण संघसस्थाका प्रतिनिधि तथा व्याक्तित्वहरुलाई धन्यबाद साथै नववर्षको शुभकामना दिएका थिए ।

कार्यक्रममा दक्षिण अष्ट्रेलियाका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक बाणिज्यदुत दिपक धमला लगायत एडेलेडका सम्पुर्ण मुख्य नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

New Year Dance Party, १२ अप्रिल २०१६ 

१३ अप्रिल २०१६ का दिन Shotz Bar मा दिपक लामा लगायतको आयोजनामा एडिलेडका ‘टिनएजर’ युवायुवतिहरुलाइ लक्षित गरि नेपाली डिजे रोजका साथमा डान्स पार्टिको आयोजना भएको थियो । खासगरी ‘टिन एजर’ तथा ‘नाइट लाइफ’ मनपराउनेहरुलाई डिजे रोजले रातभर नचाएका थिए । कार्यक्रममा ‘पश्चिमा शैलि’ मन पराउनेहरुको राम्रै उपस्थिति रहेको आयोजकहरुले बताएका छन् । दिपक लामा, सन्तोष थापा, डिजे रोज लगायतले बिगत केहि बर्षदेखी नेपाली नयाबर्षको अवशरमा ‘क्रुज पार्टी’ आयोजना गर्दै आइरहेकोमा यसपालि भने ‘डान्स पार्टी’ को आयोजना गरेका थिए ।

New Year Musical Night 2073, १३ अप्रिल २०१६

नेपाली शैलीमा नेपाली नया बर्ष मनाउन चाहनेहरुका लागी १३ अप्रिल २०१६ मा एडिलेडमा ख्यातिप्राप्त नेपाली कलाकारहरुको साथमा ‘New Year Musical Night 2073’ नाम एक विशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा के बालक, के युवा, के बृद्द सबैको उल्लेख्य उपस्थिति रह्यो । धेरै गायकहरुको गीतमा थाकिञ्जेल कम्मर मर्काइ-मर्काइ  नाचेको पनि देखियो । कार्यक्रमको ंमुख्य आकर्षण थिए नेपालका ख्यातिप्राप्त गायक यम बराल । उनलाई साथ दिएका थिए नेपाली संगित क्षेत्रका उदयिमान गायक सनुप पौडेल, सिड्नीका नेपाली गायक ईश्वर पोखरेल तथा नेपालकी गायीका आकांक्षा बस्यालले ।

करिब २ साताको सांगीतिक टुर लिएर आएका कलाकारहरुले ‘रुपन्देही सामाजीक संजाल’  नामक सस्थाको आयोजनामा पहिले सिड्नीमा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसपछि नयाँ बर्षकै दिन साउथ अष्ट्रेलियाको अन्तराष्ट्रिय कलाकार समाज शाखाले आयोजना गरेको कार्यक्रममा उनीहरुले सांगीतिक प्रस्तुति दिएका थिए । चर्चित गायक यम बरालले ‘बादलुको घुम्टोले….’ लगायतका खरिब आधा दर्जन उनका चर्चित गीतहरु सुनाए भने गायक सनुप पौडेलले साथ देऊ मलाई, दैव हे लगायतका आधा दर्जन गीत सुनाएका थिए । यसैगरि नव गायीका  आकांक्षा बस्यालले तिमी छौ र त म छु, म त राम्री छु रे बोलको गीत प्रस्तुत गरेकी थिईन् । कार्यक्रमबाटै उनले आफ्नो नयाँ गीत मेरो रुपको चर्चा जती गरेपनि कम हुन्छ बोलको गीत सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा स्थानीय सफल गायक इश्वर पोखरेलले पनि काली मोरीले लगायतका गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । यसैगरि स्थानीय गायकद्धय श्याम दहाल र लक्ष्मण गुरुङले समेत आफ्नो प्रस्तुती दिएका थिए । यसका साथै भावना शाक्यको क्लासिकल नृत्यले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो भने दिनेश पोख्रेल, रीता, शुष्मा पाण्डे, शोभा तामाङ, ईन्दु भट्टराई लगायतका स्थानिय कलाकारहरु नृत्यले कार्यक्रममा थप रङ भरेको थियो । दर्शकहरुलाई पेट मिचि मिचि हाँस्न बाध्य बनाएको थियो अनेकसका साउथ अष्ट्रेलियाका महासचिव दया पराजुली तथा सदस्य गंगा सुवेदीको हास्य-नृत्यले ।

कार्यक्रममा प्रमुख अतिथि रहेकि बहुसंस्कृति मन्त्रि जोय बेटिसनले नेपालीहरु कला संस्कृतीमा धनी रहेको उल्लेख गर्दै यसले अष्ट्रेलियाको बहुसाँस्कृतिक समुदायमा महत्वपुर्ण स्थान ओगटेको बताएकी थिईन् । उनले अष्ट्रेलियालाई आफ्नो घर बनाएकोमा नेपाली समुदायलाई धन्यवाद दिदै नयाँ बर्षको शुभकामना दिएकी थिईन । त्यस्तै अष्ट्रेलियाली सांसद भिन्सेन्ट टारजियाले नेपालीहरुलाई नयाँ बर्षको शुभकामना दिदै उनले नेपाली कला संस्कृति र भाषाप्रति आफूहरु गौरवान्वित रहेको समेत बताएका थिए । केहि प्राविधिक कमजोरीबाहेक कार्यक्रम भब्यरुपमा सम्पन भएको अनेकस- दक्षिण अष्ट्रेलियाका महासचिव दया पराजुलीले बताए । यसैगरी अन्तराष्ट्रिय नेपाली कलाकार समाज- ग्लोबल समितिका महासचिब रामचन्द्र थापाले कार्यक्रमलाइ सफल बनाउन अहोरात्र खटिने सम्पुर्ण पदाधिकारिहरुलाई धन्यबाद दिए ।

कार्यक्रममा नेपाल सरकारको दक्षिण अष्ट्रेलियाका लागी अवैतानिक वाणिज्यदुत दीपक धमलालगायत सम्पुर्ण नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply