‘म्युजिकल नाइट्स २०७३’ को तयारी अन्तिम चरणमा, कार्यक्रम भव्य हुने

९ अप्रिल २०१६, एडिलेड (मिलन दाहाल)- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस)को दक्षिण अष्ट्रेलिया  शाखाको आयोजनामा एडेलेडमा हुन लागेको कार्यक्रम ‘म्युजिकल नाइट्स २०७३’ को तयारी अन्तिम चरणमा पुगेको अनेकस- दक्षिण अष्ट्रेलियाका संयोजक विकाश शर्माले बताएका छन् । कार्यक्रम २०७३ साल बैशाख १ गते अर्थात १३ अप्रिल २०१३ का दिन साँझ ६ बजेदेखी एडिलेड शहरको मुटुमा अवस्थित ‘डोम पोल्स्कि सेन्टर’ मा हुदैछ । कार्यक्रममा नेपालबाट वरिष्ठ गायक यम बरालका साथै गायकद्वय सनुप पौडेल तथा आकांक्षा बस्याल र सिड्नीबाट अविरल शर्मा पोखरेल एडेलेड आउदै छन । नेपालबाट कलाकारहरु अष्ट्रेलिया आईसकेका छन । आज सिड्नीमा रुपन्देही सामाजीक संजालको आयोजनामा  निक्कै भव्यताका साथ कार्यक्रम हुदैछ । त्यसपछि एडिलेडमा आगामी १३ अप्रिलका दिनमा हुदैछ ।

 ‘नयां वर्षको नया उमगं, यसपालीको नेपाली नयां वर्ष नेपाली कलाकारसँग’ भन्ने मुख्य नाराका साथमा नेपाली कला-संस्कृती तथा संगितको रक्षा गर्दै पुर्ण नेपालीपनको महशुस गरी नेपाली नयांवर्ष मनाउन चाहनेहरुका लागी ‘म्युजिकल नाइट्स २०७३’ स्वर्ण अवशर हुने विश्वास गरिएको छ ।

“अनेकस-साउथ अष्ट्रेलियाले गर्ने भनेको यो कार्यक्रम आजका दिनसम्म आइपुग्दा अनेकस-साउथ अष्ट्रेलियाको कार्यक्रममात्र नभएर एडेलेडमा बस्ने सम्पुर्ण नेपालीहरुको साझा कार्यक्रम बनेको छ“ सम्पुर्ण नेपाली समुदायलाई धन्यवाद दिदै अनेकस अष्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाले बताए ।

यसैगरी अनेकस अष्ट्रेलियाका उपाध्यक्ष गोबिन्द रानाले ‘टिनएजर’ बाहेक सबै नेपालीहरुले ब्यग्रताका साथ कार्यक्रमको प्रतिक्षा गरिरहेकाले कार्यक्रम निक्कै भव्य हुने विश्वास ब्याक्त गरे ।

एडेलेडमा रहेका सम्पुर्ण नेपाली समुदाय तथा संघस्थाहरुको साथ र सहयोग रहेको कार्यक्रमको ‘टाइटल स्पोन्सर’ का रुपमा प्रायोजन गरेको छ एडेलेडमा रहेको नेपालीहरुको शैक्षिक संस्था ‘क्विन्सफोर्ड कलेज’ले । ‘क्विन्सफोर्ड कलेज’ पुर्णरुपमा नेपालीहरुको लगानी रहेको कलेज हो भने यो एडिलेडको मुख्य शहरमा ‘वेकफिल्ड स्ट्रिट’ र ‘किङ्ग विलियम स्ट्रिट’ को जङ्सनमा अवस्थित  छ । कलेजमा नेपालीहरुका लागि निकै उपयोगी एज्ड केयर, डिसेबिलिटि लगायतका सार्टिफिकेट कोर्षहरुका साथै अन्य बिभिन्न कोर्षहरुको अध्यापन हुने गर्दछ ।

यसैगरी ‘गोल्डेन स्पोन्सर’का रुपमा कार्यक्रमलाई प्रायोजन गरेका छन्, ‘एक्पर्ट एजिकेशन एन्ड भिषा सर्भिसेस’, ‘ग्रेस एजुकेसनल कन्सलटेन्सी’ तथा ‘बुमरेङ’ ले । यी तिनै संस्था अध्यायनसम्बन्धि परामर्श दिने नेपाली संस्थाहरु हुन् । ‘एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेस्’ लेभल ६, ९० King William Street मा रहेको छ भने फोन नं ०८ ७१२० २६६७ मा फोन सम्पर्क गरी थप जानकारी लिन सकिने छ । यसैगरी ‘ग्रेस एजुकेसनल कन्सलटेन्सी’ लेभल १, Hindley Street मा रहेको छ भने फोन नं ०८ ७२२५ ७८९२ मा सम्पर्क गरेर यसका सेवाहरुका वारेमा थप जानकारी लिन सकिने छ । अर्को गोल्ड स्पोन्सर ‘बुमरेङ’ लेभल ५, २२ Grenfell Street मा रहेको छ भने यसको फोन नं ०४३४ ५३२ ०६२ रहेको छ । कार्यक्रमलाइ ‘सिल्भर स्पोन्सर’का रुपमा प्रायोजन गरेको छ ‘बुद्द ट्राभल एण्ड टुर्स’ ले ।

कार्यक्रममा खानाको व्यवस्थापन गर्नेछ ‘Mount Everest Cafe and Restaurant’ ले । उपस्थितहरुले नेपाली संगितको चुस्किसँगै स्वादिलो मम, सेल लगायतका खानाको स्वादपनि लिन पाउने छन् ।

कार्यक्रममा एडिलेडका बिभिन्न सरकारी तथा पार्टिका प्रतिनिधिहरुलाई  आमन्त्रण गरिएकाले कार्यक्रम दक्षिण अष्ट्रेलियाको सरकारी निकाय तथा दलहरुसँगको सम्बन्ध विस्तार एबं नेपालको पर्यटन प्रवर्दनमा समेत निकै फलदायी हुने विश्वास गरिएको छ । अष्ट्रेलियामा नेपाली समुदाय सवैभन्दा तीब्र रुपमा बढिरहेको समुदाय हो भने नेपालीहरुको प्रभाव सरकारी स्तरमा समेत त्योभन्दा अझ तीब्र रुपमा बढिरहेको देख्न सकिन्छ । एडिलेडमा मात्र बर्षमा चारभन्दा बढी मन्त्रिस्तरीय सहभागीता हुने नेपाली कार्यक्रमहरु हुन थालिसकेको छ भने नेपाली समुदायवीचको असमझदारीहरुपनि क्रमस घट्दै नेपाली- नेपालीबिच भ्रातृत्व र एकता दिनानुदिन बढिरहेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री ‘मार्कोल्म टर्नवुल’ले नेपाली नयां वर्षका लागि शुभकामना सन्देश दिईसकेका छन भने नेपाल र नेपालीको प्रशंसापनि सन्देशमा गरिसकेका छन् । हुनपनि लगनशिल र मिहिनेती नेपालीहरु अष्ट्रेलियाको अर्थतन्त्रमा टेवा पुर्याउने आप्रवासीहरुमा सातौं नम्बरमा आउछन् । भन्ने नै भने अष्ट्रेलियामा आज कुनै ‘एज्डकेयर फ्यासिलिटी’ नहोला जहा नेपाली कामदार नभएका हुन । करिब एकमहिना अघि अष्ट्रेलियाको एक प्रभावशाली नेताले प्रतिनिधीमण्डलसहितको नेपाल भ्रमण गरिसकेका छन् । यस्ताखाले कार्यक्रमको आयोजनाले नेपालीहरुको अष्ट्रेलियन निकाय लगायत अन्य समुदायको सम्बन्धहरुमा सुधार हुनुका साथै नेपाल-अष्ट्रेलिया सम्बन्घमा पनि नया आयाम थपिदै जाने विश्वास गरिएको छ ।

Leave a Reply