एडेलेडका नेपाली समुदायको प्रतिनिधीहरुको साउथ अष्ट्रेलियाका मन्त्रीसँग भेटबार्ता

१२ जुन २०१५, एडेलेड- एडेलेडमा साउथ अष्ट्रेलियाका नेपाली समुदायको प्रतिनिधीहरु र समुदाय र समावेशीकरण, सामाजीक आवाश, युवा, बृद्द एवं स्वयंशेवक तथा बहुसांस्कृतिक मामिला हेर्ने मन्त्री जोय बेट्टटीसनबीच १० जुनका दिन मन्त्रीको कार्यालयमा भेटघाट भएको छ । नेपाली समुदायको प्रतिनिधित्व गर्दै समुदायसेवी गोबिन्द राना, दीपक लामा, अशोक के सी, सर्बदा
घिमिरे, शुरेश रेग्मी र मिलन दाहालले भेट गर्नुभएको हो ।

भेटघाटका क्रममा समुहले पहल गरिराखेको भूकम्पका कारण नेपाली बिद्यार्थीलाई परेको मानसिक एवं आर्थीक समस्याबाट छुट्कारा दिलाउनका लागी मन्त्रालयको तर्फबाट हुनसक्ने सहयोगका लागी आग्रह गरेको थियो । यसमा मन्त्रीबाट निकै सकारात्मक प्रतिकृया पाइएको  छ । मन्त्री बेट्टीसनले शिक्षा मन्त्रालयसँग समन्वय गरेर यथासक्य चाडो युनिभरसिटीहरुलाई बिद्यार्थीवारे विवरण संकलन गरेर आवश्यकताअनुसार सुविधाहरु उपलव्ध गराउन पहल गर्ने जानकारी गराउनु भएको थियो ।

यसैगरी नेपाली समुदायका बारेमा मन्त्रीलाई जानकारी गराउनुका साथै नेपाली कम्युनिटी साउथ अष्ट्रेलियामा तीब्र गतीमा बढिरहेको भएपनि सरकारको आखामा पर्न नसकेको  कुरा जानकारी गराईएको थियो । प्रतिकृयामा मन्त्रीले नेपाली समुदाय बढिरहेको भएपनि एकजुट भएर बढ्न नसकेका कारण सरकारको आखामा पर्न नसकेको हुन सक्ने बताउनु भयो । तसर्थ नेपाली समुदायलाई एकजुट हुन आग्रह गर्दै शुभकामना पनि दिनुभयो । यसका साथै नेपाली समुदायले  समुदाय भवन बनाउन इच्छा पानि जाहेर गरेको थियो । यसमा पनि उहाले सकारात्मक प्रतिकृया दिनुभएको थियो थियो । यसका साथै विविध बिषयमा छलफल भएको थियो ।

Leave a Reply