एउटा ‘भिजन’ सफलताको बाटोमा , एडेलेडमा रचियो एउटा नया इतिहास
–मिलन दाहाल १३ जुन २०१५, एडेलेड- साउथ अष्ट्रेलियाकि बहुसांस्कृतिक मामिला मन्त्रीका जोय बेट्टीसन, मल्टिकल्चरल काउन्सिलका व्यवस्थापक मेगन हिल, रेष्टह्याभन मिच्याम, रेष्टह्याभन मेरियन, जर्मन स्पिकिङ सर्भिस ग्रुप, मल्टिकल्चरल कउन्सिल-एसए, एङ्ग्लिकेयर- ब्रमटन, मल्टीकल्चरल युथ क्लब तथा विभिन्न सिटी काउन्सिलका विशिष्ट पाउनाहरुल र एडेलेडमा बस्ने विभिन्न समुदायका सदस्यहरुले भरिभराउ Latvian Hall को रोमान्चक वातावरण । एडेलेडमा रहेका उत्कृष्ट नेपाली कलाकारहरु बिनु पुन, प्रेरणा पाइजा, प्रिती पुमगर
, अन्जु बुढ्ढाचार्य, सुरिना महर्जन लगायत एडेलेडकि भारतीय उत्कृष्ट प्रतिभा नम्रता पाटेल तथा फिजी कलाकार फ्रानसिस्का म्याकमिलनको सानदार संस्कृतिक प्रदर्शन । एकपटक विश्वासनै लागेन यो त्यही एडेलेडमा बिरलै नाम सुनिएकी प्रतिष्ठा गौतमको भिजनलाई एडेलेडका समुदायलाई निक्कै गतिलो उचाई दिने सपना बोकेर हिडिरहेका नेपाली युवाहरुको सक्रियतामा भइरहेको ‘बहु-सास्कृतीक च्यारीटि डिनर’ कार्यक्रम थियो ।
वास्तवमा यो त्यही कार्यक्रम थियो । साझ ६.१० बजेबाट शुरु हुने भनिएको कार्यक्रमकी प्रमुख अतिथी जोय बेट्टीसनको केहीवेर ढीला हुने फोन आउछ, लगत्तै स्टेजबाट कार्यक्रम संचालिकाले माफी माग्दै उपस्थितहरुलाई उक्तकुरा अवगत गराउछिन । लगतै जोय बेट्टीसनको प्रवेश हुन्छ, नेपाली पञ्चकन्याहरुले उनलाई नेपाली संस्कृतीअनुसार फूल दिएर स्वागत गर्दै आफ्नो अतिथी सत्कार गर्ने शैलीको परिचय दिन्छन, बेट्टीसन गद्गद् हुन्छिन । यसैगरी एडेलेड नेपाली
बिध्यालयका बिध्यार्थीहरुले स्टेजबाट नेपाली र त्यसपछी अष्ट्रेलियन राष्ट्रीय गीत गाउछन, उपस्थित सबै सदस्यहरुले उठेर साथ दिन्छन यसैगरी कार्यक्रमले पहिलो चरणमा प्रवेश गर्छ । आयोजकका तर्फबाट गोबिन्द रानाले कार्यक्रकमको अौतिच्यवारे प्रकास पार्दै एडेलेडको नेपाली समुदाय एक हुनैपर्ने र एकताको दिशामा अघि बढिरहेको मन्तब्य दिनुहुन्छ । नेपाल, नेपाली र नेपालको बर्तमान अवस्थावारे बिबिघ परिचर्चाहरु हुन्छन । भुकम्पपछीको नेपालको बर्तमान अबस्थाबारेको कपिल पाण्डेले तयार गर्नुभएको स्लाइड सोमा देखिएको भूकम्पले क्षतीग्रस्त नेपालको ‘स्लाइड सो’ मा उपस्थितहरु सबै निकै भावुक देखिन्थे । यसैगरी नबीन पन्थको नेपाललाई पर्यटनमा सहयोग गरेर मद्दत गरै भन्ने ‘पावर पइन्ट’ पनि निक्कै आकर्षक थियो । जोय बट्टीसनको मन्तब्यपछी कार्यक्रक नाचगानमय बन्छ ।
शुरुवातमा एडेलेडकी भारतीय कलाकार नम्रता पाटेलले शुरुमै हुन गइरहेको दमादार सास्कृतीक कार्यक्रमको संकेत दिएकी थिइन । त्यसपछी नेपाली कलाकारहरुले विविध नेपाली संस्कृतिक गीतहरुमा नृत्य प्रदर्सन गरेर उपस्थितहरुलाई ध्यानमग्न बनाईदिन्छन ।
यसैबीच फिजी कलाकारहरुको नृत्यले अर्को रग भर्छ । उत्कृष्ट नृत्यहरुको साथमा उपस्थितहरुले ‘डिनर’ को मजा लिइरहदा रात छिप्पिसकेको कसैले पत्तै नपाएको आभाष हुन्छ ।
कल्चर
ल कार्यक्रमपछी शुरु हुन्छ, र्याफल कार्यक्रम । यो पनि सारै रमाइलो मानेर खेलिरहन्छन उपस्थितहरुले । कार्यक्रमको अन्तिमसम्मपनि दर्सकदिर्धाको संख्या खासै पातलो भइसकेको हुदैन, र समापन भएको घोषणापछीमात्र दर्सकहरु हलबाट बाहिर जान्छन ।
आयोजकहरुले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने समस्त आदणीय स्पोनसरहरु, मिडिया पार्टनर, कलाकारहरु लगायत कार्यक्रम सफल बनाउन मदत गर्ने अन्य महानुभावहरु तथा उपस्थित दर्शकहरुलाई धन्यबाद दिएका छन ।
यसैगरी कार्यक्रमकि सह संयोजक प्रतिष्ठा गौतमले हामीसंगको टेलिफोन सम्पर्कमा कार्यक्रमका लागी आफ्नो व्यस्ततालाई थाति राखेर अहोरात्र खटिने टीमका सम्पुर्ण सदस्यलगायत सबैलाई धन्यबाद दिएकी छन । कार्यक्रमकि संयोजक सर्बदा घिमिरेले कार्यक्रम सफल बनाउन प्रतक्ष र अप्रतक्ष रुपमा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्नुहुदै आगामी दिनमा एडेलेडको नेपाली समुदाय एकजुट भई यो भन्दा माथिल्लो स्तरको कार्यक्रम उत्पादन गर्न सकिने कुरामा आशाबादी हुन यस कार्यक्रमले मार्गप्रसस्त गरेको बताउनुभएको छ ।
Leave a Reply